पल शाहको आग्रह - कसैप्रति रिस र प्रतिशोधको भावना छैन, गालीगलौच नगर्नुहोला

काठमाडौँ - अभिनेता पल शाहले बितेको एक वर्षको अविधलाई आफूले सिकाइको उर्बर समयको रूपमा लिएको बताएका छन् । सोमबार फेसबुकमार्फत् प्रतिक्रिया दिँदै बितेको एक वर्षको घटनासँग जोडिएका सम्पूर्ण व्यक्तित्वहरूमा आफ्नो सधैँ सम्मान र सद्भाव हरने उल्लेख गरेका छन् । 'सिकाइ जीवनभर अनवरत चलिरहने प्रक्रिया हो,' उनले लेखेका छन्, 'बितेको एक वर्षलाई मैले सिकाइको उर्बर समयको रूपमा लिएको छु। मनमा न कसैप्रति रिस बाँकी छ न त कुनै प्रतिशोधको भावना। छ त केबल आफ्नो कर्मलाई तिखार्ने र दर्शकको अपेक्षालाई पुरा गर्ने एउटै लक्ष्य।'
उनले विगतमा भएका घटनामा कसैको दोष नभएर समयमो दोष भएको प्रतिक्रिया दिएका छन् । कसैलाई गालीगलौज गर्न र नराम्रो व्यवहार नगरिनदिन पनि उनले आग्रह गरेका छन् । सम्मानित अदालतको निर्णयलाई सम्मान गर्दै आफू फेरि पुरानै दैनिकीमा फर्किएको भन्दै स्वागतमा परिवार, आफन्त, साथीभाइ मात्र होइन हजारौं दर्शकको भिड देख्दा मात्तिएको नभई थप जिम्मेवार बनेको उनको भनाइ छ ।
'यहाँ कोही कसैको दोष नभएर समयको दोष थियो । त्यसैले मेरो अनुरोध, कसैलाई गाली गलौच र नराम्रो व्यवहार नगरीदिनुहोला। उहाँहरूसंग फेरि सहकार्य गर्ने वातावरण मिलोस्,' उनले अगाडि लेखेका छन्, 'त्यसैले सम्मानित अदालतको निर्णयलाई सम्मान गर्दै म फेरि पुरानै संघर्षशील दैनिकीमा फर्किएको छु। मेरो स्वागतमा परिवार, आफन्त, साथीभाइ मात्र होइन हजारौं दर्शकको भिड देख्दा म मात्तिएको छैन। बरु यो शुभेच्छाले मलाई थप जिम्मेवार बनाएको छ।'

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया