ए डिभिजन लिगः आज चर्च ब्वाइज-खुमलटार तथा फ्रेन्ड्स-थ्रीस्टारबीच प्रतिस्पर्धा

काठमाडौँ- सहिद स्मारक ‘ए’ डिभिजन फुटबल लिगअन्तर्गत आज दुई खेल हुने भएको छ । सातदोबाटोस्थित एन्फा कम्पलेक्समा हुने खेलमा नव प्रवेशी क्लबहरू चर्च ब्वाइज तथा खुमलटारबीच प्रतिस्पर्धा हुनेछ । चर्च र खुमलटारबीचको खेल दिउँसो २:३० बजे सुरु हुनेछ ।
दुबै टिम आज दोस्रो जितको खोजिमा हुनेछ । चर्च ब्वाइजले पहिलो खेलमा नेपाल पुलिस क्लब तथा खुमलटारले पहिलो खेलमा फ्रेन्ड्सलाई पराजित गरेको थियो ।
यता अर्को खेलमा फ्रेन्ड्सले थ्रीस्टारको सामना गर्नेछ । फ्रेन्ड्स र थ्रीस्टारबीचको खेल दिउँसो २:३० बजेबाट च्यासल मैदानमा सुरु हुनेछ ।
दुबै टिम पहिलो जितेको खोजिमा हुनेछन् । फ्रेन्ड्सले पहिलो खेलमा खुमलटारसँग तथा थ्रीस्टारले एपीएफ क्लबसँग पराजय भोगेका थिए ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया