पति शरद विरुद्ध अंश मुद्दा दायर गरेकी निशा भन्छिन् – शरद र म एकअर्कालाई माया र सम्मान गर्छौँ

काठमाडौँ - अभिनेत्री निशा अधिकारीले क्रिकेटर शरद भेषवाकरविरुद्ध अंश मुद्दा दायर गरेको खबरले धेरैलाई चकित तुल्यायो । लामो समयको प्रेमपछि विवाह गरेको निशा र शरदको विवाह भएको आउँदो असारमा ६ वर्ष पूरा हुन्छ ।
तर विवाह भएको केही समयपछि नै शरद र निशाको सम्बन्धमा चिसो सुरु भएको समाचारहरू आउन थालेका थिए । निशा अमेरिका गएर लामो समय एक्लै बसेकी थिइन् भने उहीँ छोरा जन्माएर फर्किएकी थिइन् ।
त्यसयता पनि सम्बन्ध सुधार नभएको संकेत सामाजिक सञ्जालका पोस्टले देखाउँथे । आफू वरिपरिका घटना र मान्छेका तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरिरहन रुचाउने निशाले शरदसँगका फोटो यदाकदा मात्र हाल्ने गरेकी थिइन् ।
आइतबार भदौमा अंशबण्डा गरी पाउँ भनी निशाले दर्ता गरेको मुद्दामा अदालतले सम्पत्ति फाँटवारी गर्न आदेश दिएपछि दुवैको सम्बन्ध भत्कने संघारमा रहेको खबर सार्वजनिक भएको थियो । मिडियामा आफ्नो समाचार आएपछि निशाले सोमबार स्ट्याट्स लेख्दै आफू शरदसँगको सम्बन्धलाई लुकाउने र ज्यादा व्याख्या गर्ने दुवै मनस्थितिमा नरहेको बताएकी छिन् । उनले यो आफूहरूको व्यक्तिगत कुरा भएकाले त्यसलाई त्यसरी नै सम्हाल्ने पक्षमा रहेको बताएकी छिन् ।
उनले आफूहरू सक्षम भएकाले यस्ता कुरालाई परिपक्व तरिकाले सम्हाल्न सक्षम भएको र यसै गर्नुपर्नेु पक्षमा रहेको बताएकी छिन् । योसँगै उनले शरद, छोरा युभान र आफूबीच एकअर्कामा सम्मान र मायाको सम्बन्ध रहेको पनि बताएकी छिन् । निशा र शरदको २०७४ असार १६ मा विवाह भएको थियो । दुवैलाई पहिलोपल्ट ‘फिटकिरी’को प्रिमियरमा देखिएको थियो भने यसपछि निशा धेरैपल्ट कीर्तिपुरको क्रिकेट स्टेडियममा देखिने गरेकी थिइन् ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया