‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’को टिकट खुल्ला, महोत्सव प्रचण्डले उद्घाटन गर्ने

काठमाडौँ- आउँदो चैत २ देखि ६ गते (मार्च १६–२०) सम्म हुने छैटौं ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) को सोमबारदेखि टिकट बुकिङ खुला गरिएको छ । महोत्सवमा गएर फिल्म हेर्न चाहानेले हलमा गएर टिकट लिन वा ‘खल्ती एप’ मार्फत टिकट बुकिङ गर्न सकिने आयोजकले जनाएको छ ।
यस पटक ‘निफ’मा देखाइने चलचित्र क्यूएफएक्स चेनका चलचित्र चारवटा सिनेमा हल मार्फत प्रदर्शन गरिने छ । क्यूएफएक्ससँगको संझौता अनुसार काठमाडौंको सिटी सेन्टर र छायाँ सेन्टर, पुलचोकको लविङ मल अनि भक्तपुर राधेराधेको भाटभटेनीमा रहेको हलमा प्रतिस्पर्धाी फिल्म प्रदर्शन हुनेछन् ।
यस महोत्सवमा ३५ देशका ९५ प्रतियोगी चलचित्र प्रदर्शन हुने छन् भने ‘ओपनिङ फिल्म’को रुपमा कोरिन शर्मा निर्देशित चलचित्र ‘चरी’प्रदर्शन हुने छ । कार्यक्रमको उद्घाटन सिभिल मल सुन्धारामा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नेछन् । विगतमा झैं यस पटकपनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा छोटा चलचित्र, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्रहरु प्रदर्शन हुनेछन् ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया