‘जोकर’ सिक्वेलका लागि वाकिनको चर्को डिमान्ड

अघिल्लो साल प्रदर्शन भएको वाकिन फिनिक्स अभिनित ‘जोकर’ले मिश्रित प्रतिक्रिया पायो । केहीले फिल्मलाई औधी मन पराए भने केहीले फिल्मले हिंसाको पक्षपोषण गरेको भन्दै फिल्मको आलोचना पनि गरे । भर्खरै निर्देशक डेभिड फिन्चरले पनि फिल्मले मानसिक रोगलाई गलत तरिकाले प्रस्तुत गरेको भन्दै फिल्मको आलोचना गरेका थिए ।
फिल्मको प्रतिक्रिया मिश्रित रहे पनि सबैले स्वीकारेको सत्य के थियो भने, फिल्ममा वाकिन फिनिक्सले दमदार अभिनय गरेका थिए । यही कारण उनले ९२ औं संस्करणको अस्कर अवार्डमा उत्कृष्ट अभिनेताको ट्रफी उचालेका थिए । विवादका बीच पनि फिल्मको सिक्वेल बन्ने चर्चा थियो । तर, अभिनेता वाकिनले सिक्वेलमा आफू नरहने बताएका थिए । केही महिनायता वाकिनले फिल्म खेल्ने मन बनाएको तर यसका लागि महंगो रकम मागेको चर्चा हुन थालेको छ ।
उनले दोस्रो र तेस्रो भागका लागि ५० मिलियन डलर मागेको निकट स्रोतलाई उद्धृत गर्दै लेखिएको समाचारमा जनाइएको छ । निर्माण कम्पनी मार्भल डिसी पनि वाकिनलाई मागेको रकम दिन तयार रहेको पनि समाचारमा उल्लेख छ । यति मात्र होइन डिसी र वार्नर ब्रोज मिलेर जोकरभर्स पनि बनाउने तयारी गरिरहेका छन् । एउटा भाग जिम क्यारीलाई खेलाउने सम्मका कुरा पनि बाहिरिएको थियो । यो खबरको औपचारिक पुुष्टि भने भएको छैन ।

‘महाभारत’ हुने भयो अमिर खानको अन्तिम फिल्म
_S7RlkMCfJH_9mzztrlbc3pseqqmpbbqgiryprwfgm4oue3qhisdu5jbssdalndmmkovt4p0_vDjjB4o4g6_yqd0du0rtivrsgrvsdqgb6mawppt87amtbo45wfmlkbjeabrbwj0apdgitkd_w8VG2XA4lP_eiwohimcc1zx2km1hy3yntxuhwomxgwmq5k3uh6k9eioqvtsw4clzhoqq8vm.jpg)
सहकारी अपचलनसँग सम्बन्धित चलचित्र ‘महाभोज’ प्रदर्शन हुँदै

क्यामरूनको ‘अवतारः ३’ हुनेछ पान्डोराको सुली परिवारको कथा

करण जोहरको रियालिटी शोमा राज कुन्द्रा सबैभन्दा मंहगा कलाकार

के घर के डेराः घर नं २, वर्तमान नेपालको अर्थ- सामाजिक चित्र

चलचित्र ‘महाभोज’ को प्रदर्शन स्थगित, नयाँ मिति चाँडै घोषणा गरिने

बुद्ध दर्शनको दस्तावेज – अर्हत्

प्रतिक्रिया