शनिबार ३१ जेठ, २०८२
Saturday, June 14, 2025

चेल्सी च्याम्पियन्स लिगको अन्तिम ८ मा

काठमाडौँ- इंग्लिस फुटबल क्लब चेल्सी च्याम्पियन्स लिगको क्वार्टरफाइनल प्रवेश गरेको छ । प्रि-क्वार्टरफाइनलको दोस्रो लेगमा जर्मन क्लब बोरुसिया डर्टमन्डलाई २-० ले पराजित गरेपछि चेल्सी अन्तिम ८ मा प्रवेश गरेको हो ।

चेल्सीले समग्रमा २-१ गोलअन्तरको जित निकालेको हो । यसअघि पहिलो लेगमा डर्टमन्डले १-० को जित हात पारेको थियो । तर दोस्रो लेगमा चेल्सीले उत्कृष्ट पूनरागमन गर्‍यो ।

चेल्सीलाई जित दिलाउन रहिम स्टेरलिङ र काइ हाभार्जले एक-एक गोल गरे ।