फुटबल लिगः पुलिस र हिमालयन शेर्पा भिड्दै, अरु दुई खेल पनि हुने

काठमाडौँ- सहिद स्मारक ‘ए’ डिभिजन फुटबल लिगअन्तर्गत आज तीन हुँदैछन् । एक खेल च्यासल मैदानमा हुँदा बाँकी २ खेल भने त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने तालिका रहेको छ ।
च्यासल मैदानमा नेपाल एपीएफ क्लबले सातदोबाटो युथ क्लबविरुद्ध खेल्ने छ । एपीएफ र सातदोबाटोबीचको खेल दिउँसो २:३० बजेबाट सुरु हुनेछ । सातदोबाटोविरुद्ध खेल्दा एपीएफले लगातार दोस्रो जितको खोजिमा हुनेछ । एपीएफले पहिलो खेलमा थ्रीस्टार क्लबलाई २-० ले पराजित गरेको थियो ।
पहिलो खेलमा न्यूरोड टिमलाई २-१ ले पराजित गरेको सातदोबाटो पनि दोस्रो जितको खोजीमा हुनेछ ।
यता दशरथ रंगशालामा दिउँसो २:३० बजेबाट सुरु हुने खेलमा नेपाल पुलिस क्लब र हिमालयन शेर्पा क्लब भिड्नेछन् । दुवै टिम पहिलो जितको खोजीमा हुनेछन् ।
पुलिस पहिलो खेलमा चर्च ब्वाइज युनाइटेडसँग २-१ ले पराजित भएको थियो भने हिमालयन शेर्पाले मनाङ मर्स्याङ्दी क्लबसँग १-१ गोलको बराबरी खेलेको थियो ।
दशरथ रंगशालामै साँझ ५:३० बजेबाट भने मनाङ र संकटाबीच खेल हुनेछ । मनाङ र संकटा पनि पहिलो जितका लागि खेल्नेछन् । संकटाले पहिलो खेलमा त्रिभुवन आर्मी क्लबसँग गोलरहित बराबरी खेलेको थियो ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया