केक काटेर एन्फाले मनायो महिला तथा फुटबल दिवस
काठमाडौँ- अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार विभिन्न कार्यक्रम आयोजना गरी अन्तर्राष्ट्रिय महिला दिवस तथा एएफसी महिला फुटबल दिवस मनाएको छ ।
एन्फाको महिला समिति संयोजक सरिला श्रेष्ठ मलेकुको संयोजकत्वमा आयोजित कार्यक्रमलाई पूर्व स्वास्थ्य राज्यमन्त्री तोसिमा कार्कीले केक काटेर सुरुवात गरेकी थिइन् । कार्कीले महिला टिमलाई आगामी प्रतियोगिताका लागि शुभकामना व्यक्त गरिन् ।
एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङले महिला ओलम्पिक फुटबल एसियन छनोटको खेल आयोजना गर्ने एन्फाको महिला फुटबललाई प्राथमिकता दिने दिर्घकालीन लक्ष्य रहेको बताए ।
नेपाली राष्ट्रिय फुटबल टिमका सदस्य तथा यू-१७ टिमबीच मैत्रीपूर्ण फुटबल तथा सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको थियो ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया