लिभरपुल समर्थकहरूले युइएफएबाट टिकटको रकम फिर्ता पाउने
काठमाडौँ- युइएफएले २०२२ को च्याम्पियन्स लिगको फाइनल हेर्न टिकट काटेका इंग्लिस फुटबल क्लब लिभरपुलका समर्थकहरुको रकम फिर्ता गर्ने भएको छ ।
गत वर्ष फ्रान्समा भएको च्याम्पियन्स लिगको फाइनल खेलको टिकट काटेका लिभरपुल समर्थकको टिकटको रकम फिर्ता गर्ने युइएफएले निर्णय गरेको सीएनएनले जनाएको छ ।
लिभरपुलका समर्थकहरु स्टेट डी फ्रान्स मैदानमा प्रवेश गर्न नपाएपछि लिभरपुल र स्पेनिस क्लब रियल मड्रिडबीचको खेल ३५ मिनेट भन्दा बढी समय ढिलो गरी सुरु भएको थियो ।
फ्रेन्च सुरक्षाकर्मीले लिभरपुल समर्थकमाथि अश्रुग्यास समेत प्रयोग गरेका थिए । उक्त घटनालाई लिएर चौतर्फी आलोचना भएको थियो ।
युइएफएले जनाए अनुसार ए, बी, सी, एक्स, वाई तथा जेड ढोकाबाट मैदान प्रवेशमा समस्या भोगेका समर्थकहरुको रकम फिर्ता हुनेछ । यता समस्या भोगेका मड्रिड तथा अन्य समर्थकहरुले पनि रकम फिर्ताका लागि दावी गर्न सक्ने भएका छन् ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया