मंगलबार २४ असार, २०८२
Tuesday, July 08, 2025

जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरिएको छ ।

बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार अपरान्ह ३ बजे बस्ने गरी केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरिएको हो । 

बैठकमा समसामयिक राजनीतिक विषयसँगै उपराष्ट्रपतिको निर्वाचनका विषयमा छलफल हुने जनाइएको छ ।