शेखर पक्षीय नेविसंघ भन्छ : स्ववियुमा न्यायोचित रूपमा टिकट वितरण नभए देशैभर उम्मेदवार उठाउँछौं

काठमाडौँ- स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) को निर्वाचन नजिकिएसँगै नेपाल विद्यार्थी संघ (नेविसंघ) काे आन्तरिक विवाद झनै चुलिएको छ । स्ववियु निर्वाचनमा एक हुनुपर्ने नेविसंघमा संस्थापन पक्षले इतर पक्षलाई पेलेरै जान थालेपछि इतरपक्षले छुट्टै भेला बोलाएको छ । डा. शेखर कोइराला पक्षधर विद्यार्थीहरूले बाल्मिकी क्याम्पसमा छुट्टै भेलाको आयोजना गरेका हुन् ।
उनीहरूले स्ववियु निर्वाचन हुने उपत्यकाका ३५ वटा आंगिक क्याम्पसमा स्ववियु निर्वाचनमा टिकट वितरण समान किसिमले नभए छुट्टै उम्मेदवारी दिने निर्णय गरेका छन् । नेविसंघ नेतृ करिना पुरीले संस्थापन पक्षले एकलौटी तरिकाले टिकट वितरण गरे देशै भरका क्याम्पसमा बागी उम्मेदवारी दिने बताइन् ।
भेलाले कुनै खालका अप्राकृतिक गठबन्धनलाई समेत स्वीकार नगर्ने निष्कर्ष निकालेको छ । स्ववियुको निर्वाचन आगामी चैत ५ गते हुँदैछ । तर, नेविसंघ भित्रको आन्तरिक विवाद भने साम्य हुन सकिरहेको छैन । नेविसंघका संस्थापन र इतर पक्षले अलग्गै भेलाको आयोजना गर्दै आएका छन् ।
नेविसंघ केन्द्रमा अध्यक्षको टीका लगाएका डुजाङ शेर्पा मात्रै छन् । उनले कार्यसमिति समेत विस्तार गर्न सकेका छैनन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया