‘यौटा सपनाको अवसान’ मञ्चन गर्दै अनुप बराल, नाटकको अर्थपूर्ण पोस्टर सार्वजनिक

काठमाडौँ - समसामयिक विषयलाई भव्य सेट र कलाकारमार्फत चोटिलो गरी प्रस्तुत गर्न माहिर नाट्य निर्देशक अनुप बरालले ‘यौटा सपनाको अवसान’ शीर्षकको नाटक निर्देशन गर्ने भएका छन् । बुधबार नाटकको पोस्टर सार्वजनिक गर्दै उनले नाटकले खुसी छाडेर सुखको पछि लाग्ने चरित्रको कथा पेश गर्ने संकेत गरेका छन् । सार्वजनिक पोस्टरले टाउको निहुर्याएको चरित्रको हतास मनस्थितिलाई संकेत गरेको छ । निर्देशक बरालले पोस्टर सेयर गर्दै नाटकले खुसी र सुखको परिभाषालाई बहसमा ल्याउन चाहेको बताएका छन् ।
‘यौटा सपनाको अवसान’ अमेरिकी नाटक ‘डेथ अफ अ सेल्समेन’को नेपाली अनुवाद हो । आर्थर मिलर लिखित नाटकलाई विप्लव प्रतीकले नेपालीमा अनुवाद गरेका हुन् । नाटक विधातर्फ पुलित्जर पुरस्कार र टोनी अवार्ड जित्न सफल यो नाटकलाई २० औँ शताब्दीको उत्कृष्ट नाटकमध्ये एक मानिन्छ । अमेरिकामा ७ सयभन्दा ज्यादा पटक मञ्चन भएको नाटक विश्वका धेरै देशमा मञ्चन भएको नाटक हो ।
नाटकमा शेखर चापागाइँ, दिव्यदेव, दिया मास्के, मेनुका प्रधान, विजय बराल, विकास जोशी, रोयदीभ श्रेष्ठ आदि कलाकारको अभिनय रहनेछ । चैत १० गतेदेखि सुरु भएर १ महिनासम्म चल्ने नाटकलाई एक्टर्स स्टुडियो र मण्डला थिएटरसँगको सहकार्यमा गोविन प्रडक्सनका लागि गोविन्द पराजुलीले निर्माण गरेका हुन् । गोविन्द पराजुलीले विगत १ महिनादेखि नाटकको रिहर्सल भइरहेको र हरेक कोणबाट भव्य नाटक दर्शकलाई सुम्पने अभिप्रायले काम भइरहेको बताएका छन् ।
‘ भनिनु पर्ने कथालाई उस्तै भव्यताका साथ प्रस्तुत गर्ने हाम्रो प्रयास छ । नाटकले मनसँगै आँखालाई पनि सन्तुष्ट बनाउँछ भन्ने हाम्रो विश्वास छ,’ उनले भने । अनुप बरालले तीन वर्षअघि मान्छेको लासमाथि भोज गर्ने राजनीतिज्ञलाई तिखो व्यंग्य गर्ने नाटक ‘महाभोज’ को निर्देशन गरेका थिए ।

सर्वनाममा फागुन १७ देखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल हुँदै, १३ देशको सह…

‘अब हाँस्छ अनि नाच्छ क्यानडा’ शो हुँदै
काठमाडौँमा दक्षिण एसियाली उत्कृष्ट महिला कलाकारका सिर्जनाको प्रदर्शनी हुने

मण्डलामा ‘मुक्कुम्लुङ’ मञ्चन हुँदै

मण्डलामा ‘ढुकढुकी ७२ मेगाहर्ज’

मह जोडीको अन्तिम प्रहसन 'मह जात्रा' कमलादीमा सुरू

प्रतिक्रिया