पर्सामा ६ जना कोभिड संक्रमितको मृत्यु

वीरगन्ज : वीरगन्जको नारायणी अस्पतालमा उपचाररत ६ जना काेभिड संक्रमितको मृत्यु भएको छ । बुधबार रातीदेखी बिहीबार अहिलेसम्म काेभिडको संक्रमणबाट वीरगन्जमा थप ६ जनाको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको हो । बिहीबार बिहान ८ बजेदेखि ११ बजेर ३५ मिनेटको अवधिमा थप तीनजनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका काेभिड फोकल पर्सन बिनय श्रीवास्तवले जानकारी दिए ।
उनका अनुसार बिहीबार बिहान ८ बजे रौतहट जिल्लाको बिजयपुर गाउँपालिकाका ४५ बर्षीय पुरुषको मृत्यु भएको हो । बिहीबार बिहान नारायाणी अस्पतालमा भर्ना भएका संक्रमितकाे आजै एन्टीजेट विधिबाट काेभिड परीक्षण गर्दा संक्रमण पुष्टी भएको थियो । यसरी नै बिहीबार बिहान ११ बजेर १० मिनेट जाँदा रौतहटकै प्रतापपुरका ६० बर्षीया महिलाको मृत्यु भएको छ ।
बुधबार अस्पतालमा भर्ना भएका उनीमा एन्टीजेन बिधिबाट परिषण गर्दा कोारेना संक्रमण पुष्टी भएको थियो । बिहीबार नै बिहान ११ बजेर ३५ मिनेटमा पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ८ का ५५ बर्षीय पुरुषको मृत्यु भएको छ । बैशाख १५ गते अस्प्तालमा भर्ना भएका उनीमा सोही दिन एन्टीजेन बिधिबाट परिक्षण गर्दा काेभिड संक्रमण पुष्टी भएको थियो ।
यसअघि वीरगन्जको नारायणी अस्पतालमा उपचाररत थप ३ जना काेभिड संक्रमितको मृत्यु भएको छ । नारायणी अस्पतालमा उपचाररत रौतहट जिल्लाको गौर नगरपालिका वडा नम्बर २ का ५४ वर्षिय पुरुषको आज बिहीबार विहान ५ बजे मृत्यु भएको हो । बैशाख २१ गते उपचारका लागि अस्पतालमा भर्ना भएका ती पुरुषको त्यहि दिन एन्टिजेन विधीबाट परीक्षण गर्दा उनमा काेभिड संक्रमण पुष्टि भएको थियो ।
ती संक्रमित पुरुषको दुवै फोक्सोले काम गर्न छोडेपछि बिहीबार बिहान ५ बजे मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर सरोज रोशन दासले जानकारी दिए । यस्तै नारायणी अस्पतालमै उपचाररत वीरगन्ज महानगरपालिका वडा नम्बर ४ वीर्ताका ७० बर्षका वृद्ध पुरुषको बुधबार साढे ११ बजे मृत्यु भएको छ । बैशाख १९ गते नारायणी अस्पतालमा भर्ना गरिएको उनको एन्टिजेन परीक्षणबाट काेभिड पोजिटिभ आएको थियो । नारायणी अस्पतालमै उपचाररत रौतहटको गरुडा नगरपालिका ३ का ४७ वर्षका पुरुषको पनि बुधबार बेलुकी ७ बजे मृत्यु भएको छ ।
बैशाख २० गते उपचारका लागि भर्ना भएका ती पुरुषको त्यहि दिन एन्टिजेन विधीबाट परिक्षण गर्दा काेभिड रिपोर्ट पोजेटिभ आएको थियो । उपचारका क्रममा उनको बुधबार बेलुकी ७ बजे मृत्यु भएको नारायणी अस्पतालका कोभिड कोर्डिनेटर डाक्टर सरोज रोशन दासले जानकारी दिनुभयो । काेभिडको दोश्रो लहर शुरु भए यता चैत ३१ देखि बैशाख २३ गते बिहीबार अहिलेसम्म वीरगन्जमा काेभिडले ४९ जनाको मृत्यु भएको छ ।
वीरगन्जको नारायणी अस्पतालमा ३७ जनाको , नारायणी बयोधा अस्पतालमा ५ जना, नेशनल मेडिकल कलेजको काेभिड अस्पतालमा ५ जना , गण्डक अस्पतालमा १ जना र एडभान्स हस्पिटलमा १ जनाको मृत्यु भएको हो । मृतक ४६ जना मध्ये पर्साका ३२ जना , बाराका ९ जना , रौतहटका ६ जना , सर्लाहीका २ जना र एक जना भारतीय नागरिक हुन् । यसैबीच काेभिड भाईरसको संक्रमणका कारण ठोरी गाउँपालिका ५ सुवर्णपुर निवासी ५२ बर्षीय एक व्यक्तिको मृत्यु भएको छ । काठमाडौँको टेकु अस्पतालमा उपचाररत उनको बिहीबार बिहान मृत्यु भएको उनको परिवारजनले जानकारी दिएको छ । गत बैशाख ५ गते उनको स्वाव परीक्षण गरिएको र ६ गते काेभिड पोजेटिभ भएको रिपोर्ट आएपछि उनलाई काठमाडौ कै एक अस्पतालमा उपचारार्थ रखिएको थियो ।
यस्तै वीरगन्ज महानगरपालिककी उपप्रमुख शान्ति कार्कीलाई काेभिड संक्रमण भएको छ । महानगरपालिकाकी उपप्रमुख कार्कीलाई काेभिड संक्रमण भएपछि उहाँ निवासमै होम आइशोलेसनमा बसेको उनको स्वकीय सचिव विजय पौडेलले जानकारी गराए । यस्तै काेभिड संक्रमणको दोश्रो लहर शुरु भएपछि बैशाख महिनाको बिहीबारको दिन हालसम्ममा मात्रै वीरगन्जमा २२ सयभन्दा बढि, काेभिडका संक्रमित थपिएका छन् । वीरगन्ज स्थित नारायणी अस्पतालको प्रयोगशालामा बैशाख १ गते देखि बैशाख २३ गते सम्म ३ हजार ६ सय ४७ जनाको परिक्षण गर्दा ती मध्ये २ हजार २ सय ५३ जनामा संक्रमण भेटिएको हो ।
वीरगन्जमा पछिल्लो २२ दिनको अवधीमा मात्रै २ हजार २ सय ५३ जना संक्रमित थपिएको नारायणी अस्पतालका कोभिड कोर्डिनेटर डाक्टर सरोज रोशन दासले जानकारी दिए । वीरगन्जमा बैशाख यता काेभिड संक्रमण दर औसत ६१ प्रतिशत रहेको उनले बताए । बिहीबार मात्रै वीरगन्जमा १५१ जना संक्रमित थपिएका हुन् । नारायणी अस्पतालको प्रयोगशालामा १९२ जनाको परिक्षण गर्दा १५१ जनामा संक्रमण पुष्टि भएको हो । गएराति थपिएका १५१ जना मध्ये पर्सा जिल्लाका १०९ जना छन् । यस्तै बाराका ३० , सर्लाहीका ७ र रौतहटका ५ जनामा पनि संक्रमण पुष्टि भएको नारायणी अस्पतालका कोभिड कोर्डिनेटर डाक्टर दासले जानकारी दिए ।
सदूरपश्चिममा थप चार जनामा कोरोना संक्रमण

नेशनल बाथरोग सेन्टरले मनायो १२औँ वार्षिकोत्सव, पाँच लाखभन्दा बढी बिरामीलाई स…

धनगढीमा स्पा तथा वेलनेस थेरापी तालिम सुरु,स्पा र वेलनेस क्षेत्रमा अवसर बढ्दै
भारतबाट फर्केका तीन जनामा कोरोना पुष्टि

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको अध्यक्षमा डा. सन्तोष पौडेल
मुस्ताङका चार पालिका ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ घोषणा

राप्ती प्रादेशिक अस्पतालः अनुमतिभन्दा बढी शय्या सञ्चालनले समस्या

प्रतिक्रिया