भारतीय अभिनेता सतीश कौशिकको निधन

काठमाडौँ - भारतीय अभिनेता तथा निर्देशक सतीश कौशिकको निधन भएको छ । ६६ वर्षको उमेरमा बुधबार कौशिको निधन भएको भारतीय सन्चार माध्यमहरूले जनाएका छन् । अभिनेता अनुपम खेरले ट्वीटमार्फत आफूले प्रिय साथी गुमाएको भन्दै उनको निधनको पुष्टि गरेका हुन् । निधनको कारणबारे आधिकारिक विवरणहरू भने आइसकेका छैनन् ।
सन् १९६५ अप्रिल १३ मा हरियाणामा जन्मेका कौशिक अभिनय, व्यंग्य, पटकथा लेखन, निर्देशन र फिल्म निर्माणमा समेत चर्चित थिए ।
कौशिकले अभियन गरेका मिस्टर इन्डिया–१९८७, दिवाना मस्ताना–१९९७ चर्चित फिल्म हुन् । उनले सन् १९९० मा 'रामलखन' र सन् १९९७ मा 'साजन चले ससुराल' फिल्मबाट फिल्मफेयर बेस्ट कमेडियन अवार्ड पाएका थिए ।
कौशिकका पत्नी र एक छोरी रहेका छन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया