मन्त्रीको घरमा डेढ महिनामै दुई पटक चोरी

बुटवल - लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा खानेपानी मन्त्री चेतनारायण आचार्यको घरमा चोरी भएको छ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका हटारीनेटामा रहेको उनको निजी निवासमा गएराति चोरी भएको प्रहरीले जनाएको छ ।
डेढ महिनाभित्र उनको घरमा दुई पटक चोरी भएको छ । बुटवलमा बस्दै आएका मन्त्री आचार्य यस पटक भने राष्ट्रपति निर्वाचनका लागि भन्दै सपरिवार काठमाडौंमा छन् ।
प्रदेशको खानेपानी, ग्रामीण तथा सहरी विकासमन्त्री आचार्य परिवारसहित काठमाडौं गएको मौका छोपी चोरी भएको प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए । घरका सबै कोठाको ताल्चा फुटाएर चोरी भएको छ । तर, घरका परिवार नभएकाले के कति चोरी भयो भन्ने नखुलेको प्रहरीले जनाएको छ ।
डेढ महिनाअघि पनि आचार्यको घरमा चोरी भएको थियो । त्यसबेला त्यति धेरै क्षति नभए पनि यसपालि सबै ताल्चा फोडेको र सामान लगेको मन्त्रीका निजी सचिव प्रदीप नेपालीले बताए ।

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व संकलन
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_mJETgvyygj_ajt0l1bzvgcr5mhqc7hshwiedsp7paejihnlrx1ak375blishhvm8dhjdyb5.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

जैविक विविधताकाले महत्त्वपूर्ण कान्ति ताल ‘बर्च वाचिङ’का रूपमा विकास गर्न सकिने

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो

जगदम्बा स्टिलमा विस्फोट हुँदा एक घाइते

प्रतिक्रिया