राष्ट्रपति निर्वाचन : शीर्ष नेताले हाले मत (फोटो फिचर)

काठमाडौं । राष्ट्रपति निर्वाचनको मतदान प्रक्रियामा राजनीतिक दलका शीर्ष नेताहरुले मतदान गरेका छन् ।
नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल र नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङबीचको प्रतिस्पर्धामा राजनीतिक दलका शीर्ष नेताहरुले मतदान गरेका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायतले मतदान गरे ।
अहिले पनि राजनीतिक दलका वरिष्ठ नेतादेखि सांसदहरुले मतदान गरिरहेका छन् ।
संघीय सांसदका लागि अलग मतदान केन्द्र छ भने प्रदेश सांसदका लागि अलग मतदान केन्द्र तय गरिएको छ । यतिखेर मतदानस्थल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा पार्टीका शीर्ष नेता, संघीय सांसद र प्रदेश सांसदहरुको उपस्थिति देखिन्छ । मत हाल्नका लागि सांसद आउने जाने क्रम जारी छ ।

युवाहरूलाई साथमा लिएर अघि बढ्छौँ : प्रचण्ड

राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्रमा सुधार गर्न सकिँदैन : बाबुराम भट्टराई

हेल्लो ! साम्बा एन्ड टिम विस यु अल द बेस्ट : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको…

सामुदायिक विद्यालयको नतिजा खस्किनुको कारण खोज्नुपर्छ : लिङ्देन

गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिका नेता: राष्ट्रपति पौडेल

कम्युनिष्टमा बढेको अन्तरविरोध कम गर्न आन्दोलनलाई एकताबद्ध गर्नुपर्छ’

प्रतिक्रिया