एशियन पेन्ट्सले मनायो फागु पुन्ही या भिन्तुना

काठमाडौं- एशियन पेन्ट्सले काठमाडौं महानगरपालिका वडा नम्बर २४ र कुटुम्बा ब्यान्डको सहकार्यमा फागुन २२ गते काठमाडौंको इन्द्रचोकमा रङ्गको पर्व होली मनाएको छ । नेवा संस्कृति र समुदायको उत्थान र प्रदर्शन गर्ने उद्देश्यले सांस्कृतिक ब्यान्ड कुटुम्ब ब्यान्डको सहकार्यमा यस कार्यक्रम आयोजना गरिएको थियो ।
गत सोमबार दिउँसोको १ बजेबाट सुरु भएको कार्यक्रम दिउँसो ४ बजेसम्म चलेको थियो जसमा सहभागीहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको मुख्य आकर्षण कुटुम्बा ब्यान्डको सांस्कृतिक प्रस्तुति थियो जसले नेपाली परम्परामा गहिरो जरा गाडिएको नेवा संस्कृतिको सार देखाएको थियो । सांगीतिक प्रस्तुति बाहेक सहभागीहरुले फोटोबुथ र एशियन पेन्ट्स नेपालले राखेको ओपन शावरको पनि मजा लिई होली उत्सवको आनन्द उठाए ।
कार्यक्रम बारे एशियन पेन्ट्स नेपालका कन्ट्री डाइरेक्टर श्री गोपालकृष्णनले भने, 'काठमाडौं महानगरपालिका वडा नम्बर २४ र कुटुम्बा ब्यान्डसँग होली मनाउन पाउँदा हामीले भाग्यमानी महसुस गरेका छौं। यो कार्यक्रम नेवा संस्कृति र समुदायलाई प्रवर्द्धन तथा प्रदर्शन गर्ने उद्देश्यले आयोजना गरेका थियौं जुन नेपालको समृद्ध सम्पदाको अभिन्न अंग हो । हामी सहभागीहरूको उत्साहजनक प्रतिक्रिया देखेर हामी निक्कै खुसी छौं, र हामी हाम्रो यो विविधतालाई प्रवर्द्धन गर्न यो प्रयास जारी राख्ने आशा गर्दछौं ।'
नेपाली संस्कृति र परम्परा अनि सहभागीहरुको प्रशंसा संगै कार्यक्रम निकै सफल भएको थियो । काठमाडौं महानगरपालिका वडा नम्बर २४ र कुटुम्ब ब्यान्डकासँगको यो सहकार्य नेपालको सांस्कृतिक विविधता र सम्पदाको प्रवद्र्धन गर्ने पहल थियो ।

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_YHeKGKdmv6_xegm6kwzoo5i8basqsai90nhxfh9ksfef3dupnysfrrav2d0zgzzhkwub8kn.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

प्रतिक्रिया