हिमाली जिल्लामा वैशाखदेखि नयाँ शैक्षिकसत्र
जुम्ला- जुम्लालगायत माथिल्लो कर्णालीका हिमाली जिल्लामा वैशाखदेखि नयाँ शैक्षिकसत्र सुरु हुने भएको छ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले ७७ जिल्लामा वैशाखदेखि शैक्षिकसत्र सुरु गर्ने प्रस्ताव गरेको थियो । प्रस्ताव अनुसार शैक्षिक सत्र सञ्चालन गर्न गत माघ १५ गते नै शिक्षा विकास निर्देशनालयले परिपत्र गरेको शिक्षा समन्वय इकाइ जुम्लाका प्रमुख मक्कर भण्डारीले जानकारी दिए ।
'सो परिपत्रअनुसार फागुन १७ गते बसेको जिल्लाका आठवटै स्थानीय तहका शिक्षा शाखा प्रमुखको बैठकले वैशाखदेखि नयाँ शैक्षिकसत्र सञ्चालन गर्ने निर्णय भएको छ,' उनले भने । उक्त निर्णयमा स्थानीय तहका सबै शिक्षा शाखा प्रमुखले सहमतिसमेत जनाएका छन् ।
यसअघि हिमाली जिल्लामा फागुनदेखि नयाँ शैक्षिकसत्र सुरु हुने गरेको थियो । जुम्लालगायत हिमाली जिल्लाले पुस १० देखि माघ २५ सम्म बिदा दिने र लगत्तै नयाँ शैक्षिकसत्र सञ्चालन गर्दै आएको थियो । जिल्लामा अब २०८० सालदेखि वैशाखमा नयाँ शैक्षिकसत्र सुरु हुने शिक्षा समन्वय इकाइ जुम्लाका प्रमुख भण्डारीको भनाइ छ ।
यहाँका स्थानीय तहले फागुनदेखि नयाँ शैक्षिकसत्र सुरु गर्ने भने पनि पाठ्यपुस्तक १५ चैतभन्दा अगाडि नआउने देखिन्छ । सङ्घीय सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णयलाई कार्यान्वयनमा ल्याई आउने वैशाखदेखि नयाँ शैक्षिकसत्र सुरु गरिने तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाको भनाइ छ ।
जिल्लाको केही स्थानीय तहले फागुनबाटै नयाँ शैक्षिक सत्रलाई निरन्तरता दिएका छन् । जिल्लाका स्थानीय तहले माघ २५ गतेदेखि नै विद्यालय सञ्चालनमा आएका छन् ।

गणित र उद्यमशीलतालाई एकसाथ जोड्न 'इन्ट्रप्रेन्युल म्याथ' सुरू

एनप्याब्सनलाई राष्ट्रिय खेलकुद परिषदको सम्मान

प्रिमियर इन्टरनेशनल स्कूलको आइबीडीपि र एनइबी दीक्षान्त समारोह भव्यताका साथ सम्प…

काठमाडौँको ग्यालेक्सी पब्लिक स्कूलमा ‘राइज एन्ड लिड’ कार्यशाला भोलि हुने

नेसनल प्याब्सनले गर्यो झापा र सुनसरीमा तदर्थ समिति गठन, यस्ताे बन्याे समिति
आधारभूत कक्षामा विद्यार्थी सङ्ख्या शून्य

नेसनल प्याब्सन काठमाडौँले ३२७ शिक्षिकाहरूलाई गरायो तालिम

प्रतिक्रिया