‘हाँस्य व्यङ्ग्यले हौसिएको नेपाली सिनेमा’ शीर्षकमा सिस्नुपानीको सेसन

काठमाडौँ - आउँदो चैत २ देखि ६ गते (मार्च १६–२०) सम्म हुने छैटौं ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) मा सिस्नुपानी नेपाल पनि सहभागी हुने भएको छ । स्थापित हाँस्य–व्यङ्ग्य समूह सिस्नुपानी नेपालले निफमा डेढ घण्टा लामो एउटा सेसन सञ्चालन गर्ने छ ।
‘हाँस्य व्यङ्ग्यले हौसिएको नेपाली सिनेमा’ विषयक उक्त सेसनमा चर्चित कलाकार मनोज गजुरेल, कवि लक्ष्मण गाम्नागे, निर्देशक प्रदिप भट्टराई र समीक्षक डा. विन्दु शर्मा ‘प्यानलिष्ट’रहेका छन् । त्यसैगरी यस सेसेनको मध्यस्थता गर्ने छन्, पत्रकार तथा संस्कृति विज्ञ धिरेन्द्र प्रेमर्षीले । सिस्नुपानीको यो सेसन आउँदो चैत ६ (२० मार्च) गते सोमबारका दिन नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा सञ्चालन हुने छ ।
३५ देशका चलचित्रकर्मीको प्रतिनिधित्व हुने यस महोत्सवमा छनौट भएका ९५ प्रतियोगी चलचित्रको प्रदर्शन क्यूएफएक्सद्धारा सञ्चालित सिनेमा हलहरु काठमाडौंको सिभिल मल र छायाँ सेन्टर, पुलचोकको लविङ मल अनि भक्तपुर राधेराधेको भाटभटेनीमा रहेको हलमा हुनेछन् । ‘ओपनिङ फिल्म’को रुपमा कोरिन शर्मा निर्देशित चलचित्र ‘चरी’ (अप्रतियोगी) प्रदर्शन हुने छ । कार्यक्रमको उद्घाटन सिभिल मल सुन्धारामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नेछन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया