मुलुकभर थपिए ५०२ कोभिड संक्रमित

काठमाडौँ : पछिल्लो २४ घण्टामा पाँच सय दुई जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोभिड संक्रमितको संख्या दुई लाख ११ हजार चार सय ७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज देशभर ३० हजार नौँ सय ८६ जना सक्रिय संक्रमित छन् । पछिल्लो २४ घन्टामा १७ जना कोभिड संक्रमितको मुत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार दुई सय ४६ जना पुगेको छ ।
मन्त्रालयका अनुसार मंगलबार दुई हजार आठ सय ७८ जना संक्रमणमुक्त भएका छन् । योसँगै एक लाख ७९ हजार दुई सय ४२ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । क्वारेन्टाइनमा रहेका व्यक्तिहरूको संख्या एक हजार तीन जना रहेको मन्त्रायले जनाएको छ । पछिल्लो २४ घण्टामा तीन हजार एक सय १२ जनाको पीसीआर परीक्षण गरिएको छ ।
उपत्यकामा मात्र ३३९
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा तीन सय ३९ कोभिड-१९ संक्रमित थपिएका छन् । जसमध्य काठमाडौँमा एक सय ८९, भक्तपुरमा १२ र ललितपुरमा ३८ जना नयाँ संक्रमित थपिएको जानकारी दिएको छ । थपिएकामा महिला एक सय ४६ र पुरुष एक सय ९३ जना रहेका छन् ।

वीर अस्पतालको सेवा सुधार्न सके स्वास्थ्य क्षेत्रको सुधार हुन्छः स्वास्थ्यमन्त्री पौडेल

मन्त्रालयले सातै प्रदेशमा पठायो रेविजविरुद्धको ५१ हजार भायल खोप

पाल्पामा नसर्ने रोगका बिरामीको सङ्ख्या बढ्दो

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

प्रतिक्रिया