नयाँ पुस्ताबाट देश नै 'कोल्याप्स' हुने हो कि भन्ने डर छः मन्त्री मोदी

काठमाडौँ - संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले नयाँ पुस्तालाई कानूनमा बाँध्न नयाँ कानून निर्माण गर्न लागेको बताएका छन् । शनिबार मन्त्रालयमा आयोजित विभिन्न संवैधानिक आयोगका अध्यक्ष र सदस्यहरूसँग संघीय निजामति सेवा विधेयकका सम्बन्धमा छलफल तथा अन्तर्क्रिया कार्यक्रममा बोल्दै मन्त्री मोदीले नयाँ पुस्ता कानूनको परिधिभित्र नरहेको भन्दै कानून निर्माण गर्न लागिएको बताए ।
नयाँ पुस्ता दण्डहीनतातर्फ गइरहेको भन्दै उनीहरूका कारण देशमाथि नै खतरा हुने हो कि भन्ने डर सिर्जना भइरहेको बताए । त्यसलाई नियन्त्रणमा राख्न नयाँ कानूनको निर्माण गरिएको उनको भनाइ छ । नयाँ पुस्ताहरू नियन्त्रणमा रहन सकेनन् । उनीहरू छिटो कमाउन चाहने तरिकामा छन्,' उनले भने, 'उनीहरू झनै दण्डहीनतामा त जाँदैनन्, भाबी पुस्ताहरूले देश त कोल्याप्समा लैजाँदैनन् ? गलत काम गर्नेलाई कानूनअनुसार कारबाही गर्न नै नीति निर्माण गर्न लागेका हौँ । हामीले भोलिका पुस्ताहरूलाई पनि केन्द्रमा राखेर दण्डहीनतालाई अन्त्य गर्न यो ऐन र कानून महत्वपूर्ण बनाउनुपर्छ ।'
उनले संघीय निजामति ऐन अन्तिम चरणमा रहेको पनि बताए । निजामती सेवाभित्रका विद्यमान विकृति र विसंगति न्युनीकरण गर्न संघीय निजामती सेवा ऐन महत्वपूर्ण रहेको उनले उल्लेख गरे। मोदीले तुलनात्मक रूपमा अझै पनि निजामति सेवाभित्र पहुँचविहीन कर्मचारीहरू रहेको भन्दै उनीहरूलाई अवधिभर विकट क्षेत्रमा बसेर सेवा गर्नुपर्ने बाध्यात्मक अवस्था रहेकाले आवाजविहीनलाई न्याय दिनेगरी ऐन निर्माण गरिएको बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया