सोमबार ०९ असार, २०८२
Monday, June 23, 2025

विश्‍वासको मतबारे निर्णय गर्न कांग्रेसले बोलायो दलको बैठक

का‌ठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शनिबार स‌ंसदीय दलको बैठक बोलाएको छ । दिउँसो दुई बजे संघीय संसद भवन, वनेश्‍वरस्थित ल्होत्से हलमा बस्‍ने बैठकमा प्रधानमन्त्रीलाई विश्‍वासको मत दिने/नदिनेबारे छलफल हुने प्रमुख सचेतक बालकृष्ण खाणले बताए । 

प्रधानमन्त्रीले विश्‍वासको मत लिनका लागि २७ बैशाखमा संसद्को विशेष अधिवेशन बोलाइएको छ । कांग्रेसले विश्‍वासको मत माग्‍न गएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई मत दिन नसक्ने जवाफ बुधबार नै दिइसकेको छ ।

पार्टी सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवालाई भेट्न पुगेका प्रधानमन्त्री ओलीलाई देउवासहितका नेताहरूले विश्‍वासको मत दिन नसक्ने बताएका थिए ।