सोलुमा कविता र नृत्यको रौनक

काठमाडौँ - सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका दुई दिनसम्म नृत्य र कवितामा रमायो। दियालो साहित्य सरगम र मित्रलाल शर्मा स्मृति पुस्तकालयको संयुक्त आयोजनामा पहिलो दिन नेचा सल्यान गाउँपालिका स्तरीय अन्तरविद्यालय (कक्षा ७-१२) लोकनृत्य र दोस्रो दिन कविता वाचन प्रतियोगिता सम्पन्न भएका छन्।
फागुन २४ को लोकनृत्य प्रतियोगितातर्फ केदार मावि प्रथम, महेन्द्रोदय मावि द्वितीय र हिमाल दर्शन मावि तृतीय स्थान प्राप्त गर्न सफल भए। उत्कृष्ट भेषभूषातर्फ बीपी मावि, सल्यान र उत्कृष्ट नृत्य निर्देशनतर्फ गणेस्थान मावि, गैरीले आफ्नो स्थान सुरक्षित गरे।
फागुन २५ को कविता वाचन प्रतियोगितामा हिमालदर्शन मावि नेचाका सञ्जीव भण्डारी प्रथम, महेन्द्रोदय मावि सल्यानकी लक्ष्मी काफ्ले द्वितीय, केदार मावि नेचाका सिमन राई तृतीय र बीपी संस्कृत मावि सल्यानकी प्रतिभा काफ्लेले सान्त्वना स्थान प्राप्त गरे। कविता प्रतियोगितामा प्राज्ञ धीरेन्द्र प्रेमर्षि र कवि शिव घिमिरे निर्णायक थिए।
नेचासल्यान गाउँपालिकाको सहयोगमा केदार माध्यमिक विद्यालयमा सम्पन्न कार्यक्रममा मित्रलाल शर्मा स्मृति पुस्तकालयका संरक्षक इन्द्रकुमारी शर्माले विजेता छात्रछात्रालाई पुरस्कार वितरण गरिन्। सो कार्यक्रममा गाउँपालिका अध्यक्ष धनजन राई, साहित्यकार धीरेन्द्र प्रेमर्षि, प्रसिद्ध गायिका लोचन भट्टराई, मैथिली गायिका रूपा झा, दियालो साहित्य सरगमकी अध्यक्ष एवं कवि शान्ति शर्मा, शिव घिमिरे, गणेशप्रसाद खतिवडा, कोपिला घिमिरे, लोचन शर्मा, नृत्य निर्देशक विन्द्रकुमार राई, रोहितबहादुर बस्नेत, लोचन शर्मा, एकराज शर्मा, छवि बास्तोला लगायतको उपस्थिति थियो।

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

यस वर्षको रुद्रराज साहित्य पुरस्कार गार्गी शर्मालाई

‘केपी शर्मा ओलीः सपना, संघर्ष र संकल्प’ पुस्तक लोकार्पित

प्रतिक्रिया