सत्तारुढ गठनबन्धन महिला विरोधी : ओली

काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्तारुढ गठबन्धन महिला विरोधी रहेको बताएका छन् । शनिबार पार्टी कार्यालय ललितपुरमा अखिल नेपाल महिला संघको सातौं राष्ट्रिय सम्मेलन आयोजक कमिटीको चौथो विस्तारित बैठकलाई सम्बोधन गर्दै ओलीले कानुन छलेर राज्यका हरेक निकायमा महिलालाई पछाडि पार्ने काम सत्तारुढ गठबन्धनले गरेको र महिला विरोधी देखिएको बताएका हुन् ।
उनले राष्ट्रपति र उपराष्ट्रपतिमा फरक लिङ्गको प्रतिनिधित्व गराउने विषयमा पनि सत्ता गठबन्धनले जालझेल गर्न खोजेको धारणा राखे । ओलीले राष्ट्रपति र उपराष्ट्रपतिमध्ये एक महिला हुनुपर्छ भन्ने संवैधानिक व्यवस्था देखिएकाले यसै अनुसार अघि बढ्नुपर्नेमा जोड दिए । त्यस्तै ओलीले प्रचण्डले प्रधानमन्त्री माग्दा दिएको र माधव नेपालले पनि राष्ट्रपति मागेको भन्दै आफ्नो पार्टीमा आउन भनेपछि नेपालले अस्वीकार गरेको जिकिर गरे ।
ओलीले महिला आन्दोलनलाई डलर पचाउने माध्यममा रुपमा प्रयोग गर्न नहुने र वास्तविक रुपमै एमालेको महिला संगठनले मुलुकका लागि लडेको जिकिर गरे । उनले संगठनलाई बलियो बनाउन पनि सुझाव दिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया