अस्ट्रेलियामा नेपहपको श्रीपेचको कन्सर्ट

काठमाडौँ - नेपाली हिपहप रियालिटी शो `नेपहपको श्रीपेच´को कार्यक्रम अस्ट्रेलियामा हुने भएको छ । 'नेपहपको श्रीपेच लाइभ इन अस्ट्रेलिया' नाम दिइएको उक्त कार्यक्रम अस्ट्रेलियाको विभिन्न सहरमा आयोजना गरिनेछ । सो का विजेता र निर्णायकहरूले मे २०२३ मा सिड्नी, पर्थ र ब्रिस्बेनमा होस्ट र डिजेसँगै आफ्नो प्रस्तुति दिनेछन् । पहिलो सिजनको विजेता भाइबर साइमनले फस्ट रनर अप जेनिस क्षेत्रीसँगै कलाकारहरूको नेतृत्व गर्नेछन् ।
कार्यक्रम मे १२ मा सिड्नी, १७ मेमा पर्थ र १९ मे २०२३ मा ब्रिसबेनमा हुने तय गरिएको छ । कार्यक्रमका मुख्य निर्णायक मानस घले नेपालका चर्चित र्यापर हुन् र उनको उपस्थितिले प्रस्तुतिलाई नयाँ उचाइमा पुर्याउने निश्चित रहेको कार्यक्रम आयोजकहरू बताउँछन् ।
कार्यक्रम अस्ट्रेलियामा नेपाली सांस्कृतिक कार्यक्रमको प्रमुख प्रवर्द्धक हाइपेक्स इभेन्ट्स एन्ड इन्टरटेनमेन्टले आयोजना गरेको हो । यस्तै कार्यक्रमका कार्यकारी निर्माता सुदिप पोखरेल र रोशन श्रेष्ठ पनि कार्यक्रमलाई लिएर निकै उत्साहित रहेको बत्ताउँछन् ।अस्ट्रेलियामा भएका दर्शकहरूले कार्यक्रम हेर्न चाहेमा टिकट बुकिङ गर्न सक्नेछन् । कार्यक्रमको सञ्चालक सुजता श्रेष्ठले कार्यक्रमभर दर्शकलाई मनोरञ्जन र व्यस्त राख्नको लागि साथ दिने पनि बताएकी छन् ।

संगीत पारखीका लागि 'जुनकिरी'

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

प्रतिक्रिया