टर्किस लेखक अहमेत हम्दी थम्पिनारको उपन्यास ‘अ माइन्ड एट पिस’ को नेपाली संस्करण प्रकाशित

काठमाडौं : टर्किस लेखक अहमेत हम्दी थम्पिनारको विश्वचर्चित उपन्यास ‘अ माइन्ड एट पिस’ को नेपाली संस्करण प्रकाशित भएको छ । टर्कीस भाषामा पहिलोपटक ‘हुजुर’ नाममा उपन्यास प्रकाशन भएको थियो । डा. विमलकुमार सुवेदीले नेपाली भाषामा अनुवाद गरेको उपन्यासको नाम ‘सम्यक मन’ राखिएको छ । यसको प्रकाशन वी रिडले गरेको हो ।
टर्किस साहित्यको इतिहासमा यो नै त्यस्तो पहिलो उपन्यास हो जसले वर्ग चेतना र आधुनिक उपन्यासका सिद्धान्तलाई सघन र सर्वाङ्गीण रूपले सम्बोधन गर्दै पश्चिमीकरणका समस्याबारे गम्भीर छलफल गरेको छ । पूर्व–पश्चिमबीचको द्वन्द्व, व्यक्तिगत खुसी र सामाजिक दायित्वबीचको सम्बन्ध र नयाँ–पुरानो मान्यताबीचको द्वन्द्व उपन्यासको केन्द्रमा छ । धर्म, प्रेम, पश्चिमा सभ्यता र संस्कृति अनि इतिहासका विविध आयाम समेटेर लेखक थम्पिनारले उपन्यासलाई खँदिलो र पठनीय बनाएका छन् ।
थम्पिनारलाई बीसौं शताब्दीको सबैभन्दा प्रमुख टर्कीस उपन्यासकारका रुपमा लिइन्छ । इस्तानबुलमा जन्मेका उनी कवि, निबन्धकार पनि हुन् । उनका ‘माहुर कम्पोजिसन’, ‘आउटसाइड द स्टेज’, ‘द टाइम रेगुलेसन इन्स्टिच्युट’, ‘वुमन अन द मून’ उपन्यास र ‘अल हिज पोएम्स’, ‘अडिसन्स’, ‘अब्दुल्लाह इफेन्दीज् ड्रिम्स’, ‘द समर रेन’ कविता प्रकाशित छन् । उनी १९४४ देखि १९४६ सम्म टर्की संसद्को सदस्य पनि भएका थिए । उनले इस्तानबुल विश्वविद्यालयमा सौन्दर्यशास्त्र, पौराणिक कथा र साहित्य अध्यापन गराए । १९०१ जुन २३ मा जन्मिएका उनको १९६२ जनवरी २४ मा निधन भयो ।

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

यस वर्षको रुद्रराज साहित्य पुरस्कार गार्गी शर्मालाई

‘केपी शर्मा ओलीः सपना, संघर्ष र संकल्प’ पुस्तक लोकार्पित

प्रतिक्रिया