महिला फिल्ममेकर निर्मित फिल्मको पहिलो चलचित्र महोत्सव सम्पन्न

काठमाडौँ - किपालय प्रडक्सनले प्लान इन्टरनेसनलको गल्र्स गेट इक्वल अभियानसँग मिलेर शुक्रबार एक दिने महिला केन्द्रित फिल्म फेस्टिभलको आयोजना गरेको छ । ‘वुमन मेक फिल्म फेस्ट’ शीर्षकमा अस्कर इन्टरनेसनल कलेजमा सम्पन्न फेस्टिभलमा महिला निर्देशकले निर्माण तथा निर्देशन गरेका फिल्म देखाइएको थियो ।
विहान ११ बजेदेखि २ बजेसम्म चलेको फेस्टिभलमा सर्ट तथा डकुमेन्ट्री विधामा निर्माण भएका १५ वटा फिल्म देखाइएको किपालय प्रडक्सनले जनाएको छ ।
किपालय प्रडक्सनले फिल्म निर्माण तथा निर्देशनमा महिलाको सहभागितालाई बढावा दिने उद्देश्यले प्लान इन्टरनेसनलसँग मिलेर दुई चरणमा फिल्म निर्माण कार्यशाला सम्पन्न गरिसकेको छ ।
फेस्टिभलमा यसरी निर्माण भएका फिल्मसँगै अन्य संस्थाको सहकार्यमा महिलाले बनाएका फिल्म प्रदर्शन गरिएका हुन् । किपालयले सन् २०२१ मा काठमाडौँमा र सन् २०२२ मा बाँके बर्दियामा कार्यशाला चलाएको थियो । यसैगरी फेस्टिभलमा किपालयले बाँकेमा दिएको मोबाइल फिल्म मेकिङको कार्यशालाबाट तयार भएका फिल्मलाई पनि प्रदर्शनमा समावेश गरेको थियो । डकस्कुलबाट बनेका डकुमेन्ट्री पनि फेस्टिभलमा सहभागी गराइएकी फेस्टिभल आयोजनाकी सदस्य पुष्पा जोशीले बताइन् ।
फेस्टिभलमा समावेश फिल्म तीन स्लटमा राखी प्रदर्शन गरिएको थियो । ११ बजेदेखि १२.१०सम्म चलेको पहिलो स्लटमा ५ फिल्म देखाइएको थियो जसमा कल्पना बम र प्रतिभा पन्त निर्देशित ‘दि जर्नी अफ इनोसेन्स’, मिरा खड्का र अस्मिता लावती निर्देशित ‘वन रुपी’,श्रीषा कुवँर र एन्जिला चौधरी निर्देशित ‘मेरो बुवा’, डिम्पल राजथला र भावना अधिकारी निर्देशित ‘खुल्ला आकाश’, पुष्पा जोशी र सपना बेलबासे निर्देशित ‘भेइल्ड’, प्रदर्शन गरिएको थियो । १२.१० देखि १.२० सम्म चलेको दोस्रो स्लटमा ४ फिल्म देखाइएको थियो । यसमा पिंकी श्रीष राना र एलएसएम निर्देशित ‘हजुर’, शुभांगी खड्का निर्देशित ‘मदरर्स स्कुल’, शर्मिला आले निर्देशित ‘साउन्ड अफ ब्यांगल’, मुना बिके र सरला सुनुवार निर्देशित ‘आन्टीको गाउँ’ प्रदर्शन भएका थिए ।
अनु रावत र सम्झना चौधरीको निर्देशन रहेको ‘ह्युमन ट्राफिकिङ’, हेमा सुनार, गोविन्द राना र टीकाराम विकको निर्देशन रहेको ‘मेन्टल हेल्थ’, न्यान्सी शाह र पूजा परियारको निर्देशन रहेको ‘चाइल्ड म्यारिज’, सुरज गुरुङ र चेतना केसीको निर्देशन रहेको ‘एम आइ गुड इनफ’, अन्जली घर्ती मगरको ‘एउटा कथा’ र तृषा ढकालको ‘डियर डायरी’ अन्तिम स्लटमा देखाइएको थियो ।
किपालयले महिलाले बनाएका फिल्म मात्र प्रदर्शन गरिनु आफैँमा पहिलो प्रयोग भएको र यसमा महिला निर्माता निर्देशकको उत्साहजनक सहभागिताले हौसला दिएको बताएका छन् । किपालय प्रमुख आश्मा पोखरेलले यो सालको फेस्टिभल सानो स्केलमा गरिए पनि आगामी साल यसलाई वृहत् बनाउने योजना रहेको बताएका छन् ।
‘यो साल हामीले सानो स्केलमा ट्रायलको रुपमा नेपाली फिल्ममेकरका मात्र फिल्म देखाएर सुरुवात गरेका हौँ । आउँदो साल विदेशी फिल्म र फिल्ममेकरलाई पनि सहभागी गराएर दुई तीन दिनको भव्य फेस्टिभल गर्ने योजना छ,’ आश्माले भनिन् । यसका लागि बेलायत र युरोपका महिला फिल्म फेस्टिभलसँग सहकार्यको कुरा अगाढि बढिरहेको पनि उनले जानकारी गराएकी छिन् ।
फेस्टिभलमा फिल्म कलेजका विद्यार्थीसँगै २ सयभन्दा बढी दर्शकको सहभागिता रहेको थियो । फेस्टिभल सम्पन्न गर्न चलचित्र विकास बोर्ड, ब्रिटिश काउन्सिल, चिल्ड्रेनल फिल्म सोसाइट, डक स्कुल, गौँथली इन्टरटेनमेन्ट र सिर्जना सूत्रको पनि सहयोग रहेको थियो ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया