प्रदेश २ मा ७ जना कोभिड संक्रमितको मृत्यु

जनकपुरधाम : कोभिड-१९ संक्रमणका कारण पछिल्लो २४ घण्टामा प्रदेश २ मा ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधामका एक, पर्सा जिल्लाका २ र रौतहटका ४ जना रहेका छन् ।
स्वासप्रश्वासमा समस्या देखिएका जनकपुरधामका एग्रो व्यवसायीको काठमाडौस्थित ग्राण्डी अस्पतालमा बिहीबार दिउँसो मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ । सुरुमा जनकपुरधामको काव्या अस्पतालमा उपचार गराइरहेका ती व्यवसायीको उपचार सम्भव हुन नसक्दा तीन दिनअघि हेलिकप्टरबाट काठमाडौँ लगिएको थियो ।
यस्तै वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका- ८ का ५५ वर्षका पुरुष र वीरगञ्ज महानगरपालिका वडा नम्बर ४ का ७० वर्षका सँक्रमित वृद्धको मृत्यु भएको अस्पतालका कोभिड सँयोजक डा. सरोज रोशन दासले जानकारी दिए।
नारायण अस्पतालमै उपचाररत रौतहट फतेपुरका ६० वर्षकी महिला, बिजयपुरका ४५ वर्षका पुरुष, गौर नगरपालिका २ का ५४ वर्षका पुरुष र गरुडा नगरपालिका ३ का ४७ वर्ष पुरुषको पनि उपचारको क्रममा मृत्यु भएको संयोजक डा. दासले बताए ।

सशस्त्र प्रहरीद्वारा साढे सात हजार कुखुराका चल्ला बरामद

रौतहटमा विपद्सँग जुध्न विपद् प्रतिकार्य अभ्यास

सप्तरीमा डाका समूहद्वारा लुटपाटसँगै एकको हत्या

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

मधेस प्रदेशमा राष्ट्रिय शिक्षा सम्मेलन हुने

वीरगञ्ज नाका हुँदै भित्रिने चार पाङ्ग्रे सवारीसाधनको आयात घट्यो

हात्तीको आक्रमणबाट विष्टको मृत्यु

प्रतिक्रिया