सोमबार २३ असार, २०८२
Monday, July 07, 2025

सवारी दुर्घटनामा परेर एक महिलाको मृत्यु

प्रतिकात्मक तस्बिर

सुनसरी- आइतबार सुनसरीमा सवारी दुर्घटनामा परेर एक महिलाको मृत्यु भएको छ । 

जिल्लाको इटहरी उपमहानगरपालिका–२ हलगढास्थित सडकमा को १ ह ५६०५ नम्बरको सफारीको ठक्करबाट पैदलयात्री ६८ वर्षीया पुण्यमाया काफ्लेको निधन भएको हो । 

सफारीको ठक्करबाट गम्भीर घाइते भएकी उनको बिराट नर्सिङ होम बिराटनगरमा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको छ । दुर्घटनापछि सफारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।