दाङमा एक महिलामाथि सामुहिक बलात्कार

काठमाडौं - दाङमा एक महिलामाथि सामूहिक बलात्कार भएको छ । गत शुक्रबार राति साढे १ बजे दुई युवकले २९ वर्षीया महिलामाथि बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
पीडितका श्रीमान् अपाङ्ग रहेको र मागेर गुजारा टार्दै आएकोमा उनीहरू घोराही उपामहानगरपालिका-१७ स्थित सडकमा सुतेका थिए । सडकमा सुतिरहेका श्रीमान्माथि कुटपिट गरी महिलालाई करिब २५ मिटर घिसारेर लगि सामुहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले यस घटनामा संलग्न रहेको आरोपमा स्थानीय २९ वर्षीय निर्मल चौधरी र २३ वर्षीय मनोज चौधरीलाई पक्राउ गरेको हो । अपाङ्ग श्रीमान्को उपचार गराउन उनीहरू तीन महिनाअघि दाङस्थित राप्ती स्वस्थ्य विज्ञान प्रतिष्ठानमा आएकोमा उपचारको लागि रकम अभाव भएपछि बाटोमा मागेर गुजारा गरिरहेका थिए । घटना भएको दोस्रो दिन उनीहरूले जिल्ला प्रहरी कार्यालयमा पुगेर जाहेरी दिएका थिए ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया