हेटौंडामा निषेधाज्ञा अटेर गर्ने ५ पसलेलाई कारबाही

हेटौंडा : हेटौंडामा जारी निषेधाज्ञाको अवज्ञा गर्दै पसल संचालन गर्ने ५ पसलेलाई प्रहरीले पक्राउ गरेको छ । निषेधाज्ञाबीच सटर खुला राखेर सामान बिक्रि गरिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूलाई प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले एक सय रुपैयाँको दरले जरिवाना गरेका छन् । संक्रामक रोग ऐन, २०२० बमोजिम उनीहरूलाई एक सय रुपैयाँको दरले जरिवाना गरिएको र दिनभर होल्ड गराएर बेलुका छाडिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए । निषेधाज्ञाको अवज्ञा गरेर पसल संचालन गरेमा १ महिना कैद सजाय तोक्ने प्रजिअ पाण्डेले चेतावनी दिएका छन् ।

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

माछा मार्न गएका युवकलाई गोहीले लियो ज्यान

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

ललितपुर महानगरपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह

चितवनमा परीक्षण गरिएका सबै फार्मको महमा पौष्टिक तत्त्व भरिपूर्ण

बागमतीमा पन्ध्र चालक र सहचालक सम्मानित
चितवनमा ‘परियार समुदायको सङ्ग्रहालय’ निर्माण गरिने

प्रतिक्रिया