ए डिभिजन लिगः हिमालयनलाई हराउँदै खुमलटारको दोस्रो जित

काठमाडौँ- सहिद स्मारक ‘ए’ डिभिजन फुटबल लिगअन्तर्गत एफसी खुमलटारले दोस्रो जित हात पारेको छ । च्यासल मैदानमा सोमबार भएको खेलमा हिमालयन शेर्पा क्लबलाई २-१ गोलअन्तरले पराजित गर्दै खुमलटारले चार खेलमा दोस्रो जित हात पारेको हो ।
खुमलटारलाई जित दिलाउन मनिष थापा र स्टेफेन बिनोङले एक-एक गोल गरे । हिमालयन शेर्पाका लागि विश्वास श्रेष्ठले एक गोल फर्काए ।
मनिषले २१ औँ मिनेटमा गोल गर्दै खुमलटारलाई अग्रता दिलाए भने स्टेफेनले ६५ औँ मिनेटमा अग्रता दोब्बर बनाए । हिमालयनका विश्वासले ८० औँ मिनेटमा गोल फर्काएपनि त्यो पर्याप्त भएन ।
हिमालयन शेर्पाको चार खेलमा यो दोस्रो पराजय हो ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया