चैत ४ देखि हेटौंडामा दोस्रो अन्तरपालिका जिल्लास्तरीय फुटबल प्रतियोगिता हुने
मकवानपुर - आगामी चैत ४ गतेदेखि हेटौंडामा दोस्रो अन्तरपालिका जिल्लास्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । आयोजक मकवानपुर जिल्ला खेलकुद विकास समितिले खेल तालिका सार्वजनिक गर्दै मकवानपुर अन्तरपालिका फुटबल प्रतियोगिताको जानकारी गराएको हो ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर –५, पिप्लेस्थित क्याम्पा रंगशालामा हुने प्रतियोगिताको चैत ४ गते हुने उद्घाटन खेल कैलाश गाउँपालिका र भीमफेदी गाउँपालिकाबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो २ बजे सुरु हुनेछ । चैत ५ गते आइतबार हेटौंडा उपमहानगरपालिका र बकैया गाउँपालिकाबीच र राक्सिराङ गाउँपालिका र थाहा नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको सेमिफाइनल खेल चैत ८ गते र चैत ९ गते हुनेछ भने फाइनल खेल चैत ११ गते हुनेछ । प्रतियोगिताको विजेता टिमले नगद २ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । यस्तै उपविजेताले नगद १ लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १० हजार रुपैयाँ प्राप्त गर्ने आयोजनाले जनाएको छ ।
मकवानपुरका १० वटै स्थानीय तहको सहभागिता रहनेछ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया