मेलम्चीघ्याङका पुर्ण गौतम र साहित्यकार चन्द्रप्रसाद न्यौपानेलाई जुगल सम्मान

चौतारा - सिन्धुपाल्चोकको चौतारा बजारमा रहेको जुगल बोर्डिङ हाइस्कुलले जुगल शिक्षा सम्मानबाट पुर्ण गौतम र जुगल साहित्य सम्मानबाट चन्द्रप्रसाद न्यौपानेलाई सम्मानित गरेको छ । सोमबार सम्पन्न स्कुलको ३३औं वार्षिकोत्सव समारोहमा उनीहरूलाइ सम्मान गरिएको स्कुलका सम्मान संयोजक किशोर बुढाथोकीले बताए ।
गौतम हेलम्बु गाँउपालिकास्थित मेलम्चीघ्याङ माध्यमिक विद्यालयका प्रधानाध्यापक हुन् । काभ्रेमा जन्मिएका गौतमले विकट मेलम्चीघ्याङ गाउँमा विद्यालय स्थापना गरि आवासीय सामुदायिक विद्यालयबाट उत्कृष्ट शिक्षा प्रदान गरिरहेका छन् । उक्त विद्यालय जिल्लाकै उत्कृष्ट विद्यालय बनाउन उनले गरेका काम प्रशंसनीय छ ।
चन्द्रयुग महाकाव्यका रचयिता न्यौपानेका ४ दर्जन बढी साहित्यिक कृति प्रकाशित छन् । उनका सिर्जना विद्यालयका पाठ्यक्रममा समेत समावेश छन् भने उनको महाकाव्य चन्द्रयुग विश्वका ठुला पुस्तकहरुमध्येमा पर्छन् ।
कार्यक्रममा सिन्धुपाल्चोक प्रतिनिधि सभा १ बाट प्रतिनिधिसभा सदस्य माधव सापकोटा प्रमुख अतिथिको रुपमा आफूले उक्त स्कुलमा प्रारम्भिक बाल कक्षा पढेको अनुभव सुनाए । जुगल बोर्डिङमा तत्कालीन स्थापनाकर्ता र उनीहरूको योगदानको चर्चा गर्दै सापकोटाले स्कुलका विद्यार्थीले गरेका प्रस्तुतीकरणको पनि खुलेर प्रशंसा गरे ।
स्कुलमा ओलम्पिक गेमका स्वर्ण पदकधारी राष्ट्रिय तेक्वान्दो खेलाडी दिपक विष्ट र चर्चित गायक रामकृष्ण ढकाललाई समेत सम्मान गरिएको स्कुलका प्रिन्सिपल ओमप्रकाश उप्रेतीले बताए । गायक ढकालले आफ्ना कालजयी गीतहरू समेत कार्यक्रममा प्रस्तुत गर्दा दर्शकहरू मन्त्रमुग्ध बनेका थिए ।

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

यस वर्षको रुद्रराज साहित्य पुरस्कार गार्गी शर्मालाई

‘केपी शर्मा ओलीः सपना, संघर्ष र संकल्प’ पुस्तक लोकार्पित

प्रतिक्रिया