बस्नेतलाई 'श्री शंकरलाल गोल्ड मेडल अवार्ड २०७९'

काठमाडौँ- जगदम्बा स्टील्स लिमिटेडले सम्बत बस्नेतलाई उनको शैक्षिक उत्कृष्टताको लागि प्रतिष्ठित ‘श्री शंकरलाल गोल्ड मेडल अवार्ड २०७९’ प्रदान गरेको छ । इन्जिनियरिङ अध्ययन संस्थानको ५७ औँ वार्षिक उत्सवको अवसरमा सोमबार थापाथली क्याम्पसमा आयोजित कार्यक्रममा बस्नेतलाई पदक, प्रमाणपत्र र नगद ५१ हजार रुपैयाँ प्रदान गरेको हो ।
कार्यक्रमा उपस्थित प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयको ईन्जिनियरिङ शाखाका डिन, विद्यावारिधी, प्रो. शशिधर राम जोशी, थापाथली क्याम्पसका कार्यकारी क्याम्पस प्रमुख डा. खेम ज्ञवाली र जगदम्बा स्टील्स लिमिटेडका Operation and Marketing Director रवी प्रकाशले बस्नेतलाई उक्त पुरस्कार प्रदान गरेका हुन् ।
यो अवार्डको नाम नेपालका प्रख्यात उद्यमी तथा जगदम्बा स्टिल्स लिमिटेडका संस्थापक शंकरलाल अग्रवालको नाममा राखिएको हो । सन् १९८० को दशकबाट उद्यमशीलताको यात्रा शुरु गरेका अग्रवाल नेपालको नामी उद्योगीको साथै परोपकारी कार्यको लागि पनि उत्तिकै परिचित छन् ।
जगदम्बा स्टिल्स लिमिटेडले यस्ता कार्यक्रम र पुरस्कारहरुले विद्यार्थी लाई समाजमा अर्थपूर्ण योगदान गर्न प्रेरित गर्ने विश्वास लिएको छ ।

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्…

बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग

बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’, मेकानिकलाई फाइदै फा…

दराजद्वारा ७.७, 'ह्वाट द फ्ल्याश' सेलको घोषणा

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

प्रतिक्रिया