‘ज्याकीः आई एम ट्वान्टी वान’ मा रुबी बनेकी जसिता गुरुङ

काठमाडौँ- आइकोर फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्म ‘ज्याकीः आई एम ट्वान्टी वान’की मुख्य नायिका जसिता गुरुङको फस्टलुक सार्वजनिक भएको छ । यसअघि सार्वजनिक ३ वटा प्रचार सामाग्रीमा नायक धिरज मगरको मात्र गेटअप सार्वजनिक गरिएको थियो ।
तर, अब रेनशा राई रानाको निर्देशनमा तयार भएको फिल्मकी मुख्य नायिका जसिता गुरुङको फरक अवतारसहितको फस्टलुक रिलिज भएको छ । जहाँ, जसिता गुरुङलाई पनि डान्सरको अवतारमा देख्न सकिन्छ ।
फिल्ममा जसिताले ‘रुबी’ पात्रको भूमिका निर्वाह गरेकी छिन् । प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबराको निर्माणमा तयार भएको यो फिल्मलाई निर्माणपक्षले डान्स ड्रामा भनेको छ ।
फिल्मका मुख्य कलाकार धिरज मगरलाई मात्र केन्द्रमा राखेर तयार पारिएको टिजरलाई धेरैले रुचाएका छन् । आउँदो वर्षको वैशाख २१ गतेबाट रिलिज हुन लागेको फिल्ममा अरुण क्षेत्री, प्रेम सुब्बा लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।
यसअघि ‘इन्टु मिन्टु लण्डनमा’ बनाएकी रेनशाले यसपटक धिरज र जसितालदाई लिएर डान्सको बिषयमा कथा भनेकी छिन् । यो फिल्ममा रेनशा राई रानाको कथा तथा पटकथा, रोहित शाक्य, स्वप्न सुनिल र कालिप्रसाद बाँस्कोटाको संगीत, सुशन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन छ ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया