विदेशिएकाभन्दा नयाँ फुटबलरलाई मौका दिनेछुः नवनियुक्त प्रशिक्षक भिन्सेन्जो

काठमाडौँ- नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अलबर्टो एन्नेसीले नयाँ खेलाडी मैदानमा उतार्ने तथा नयाँ रणनीतिका अनुसार राम्रो नतिजा निकाल्ने बताएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले एक वर्षका लागि नियुक्त गरेको मुख्य प्रशिक्षक भिन्सेन्जोलाई आधिकारिक रुपमा सार्वजनिक गरेपछि मुख्य प्रशिक्षकले नयाँ खेलाडीलाई मौका दिने बताए ।
‘यदि कुनै खेलाडी एमेच्योर फुटबल खेल्छ भने मैले उसको खेल हेर्न पाउँदिन र उनीहरूको वास्तविक अवस्था बुझ्न सक्दिनँ। त्यसैले मैले आफूले खेल हेरेका खेलाडीलाई टिममा मौका दिनेछु,’ भिन्सेन्जोले बताए ।
उनले नेपाली युवा खेलाडीमा क्षमता भएपनि उनीहरूमा अनुभवको कमि रहेको दावी गरे । ‘म युवा जोशिला खेलाडीमा विश्वास गर्छु । नेपालमा क्षमतावान युवा खेलाडी छन् र उनीहरूमा केवल अनुभवको कमी छ,’ उनले थपे ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया