प्रादेशिक अस्पताल जनकपुरधामका निर्देशक यादवलाई हटाउन मुख्यमन्त्रीकाे निर्देशन

जनकपुरधाम। मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत रहेको प्रादेशिक अस्पतालका निर्देशक डा. प्रमोदकुमार यादवलाई पदबाट हटाउन मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले निर्देशन दिएका छन् ।
मुख्यमन्त्री यादवले सामाजिक विकास मन्त्रालयलाई निर्देशक यादवलाई पदबाट हटाउन निर्देशन दिएको हो । प्रादेशिक अस्पतालको ल्याब टेस्टमा लापरवाही तथा सेवा सुविधामा पटक पटक गुनासो आउन थालेपछि निर्देशक यादवलाई पदबाट हटाउन निर्देशन दिइएको मुख्यमन्त्री यादवले बताएका छन् ।
एउटै व्यक्तिको ब्लड ग्रुपसहितका फरक फरक रिपोर्ट दिएको र अस्पतालको सेवाको अवस्थाको विषयमा छड्के अनुगमन गर्दा अस्पतालका निर्देशकसहितका धेरै चिकित्सकहरू अनुपस्थित रहेको पाइएपछि निर्देशकमाथि कारबाही गर्न प्रतिष्ठानका सहकुलपति समेत रहेकी सामाजिक विकासमन्त्री सुरिता कुमारी साहलाई निर्देशन दिएको हो ।
साथै ल्याबका प्रमुख परमेश्वर यादवलाई गलत रिपोर्ट बनाउने कर्मचारीमाथि कारबाही गर्न समेत निर्देशन दिए ।
उपराष्ट्रपतिको चुनावका कारणले निर्वाचन आचारसंहिता लागेको बताउँदै आचार संहिता हटेपछि अस्पतालका निर्देशक डा. यादवलाई परिवर्तन गर्न प्रतिष्ठानका सह–कुलपति एवं सामाजिक विकास मन्त्रीलाई निर्देशन दिइएको मुख्यमन्त्री यादवले बताए ।
प्रादेशिक अस्पतालको प्रयोगशालाको परीक्षणको शुल्क निजी अस्पताल जस्तै भए पनि सेवा विश्वसनीय र भरपर्दो नभएको गुनासो सर्वसाधारणबाट आइरहेको छ ।

अत्यधिक गर्मीले वीरगञ्जका विद्यालयमा बिहान पढाई हुने

माओवादी नेता माझीसहित सिमरीको सिंगो गाउँ नै एमालेमा प्रवेश

सुत्केरी मृत्यु प्रकरण : अस्पताल सञ्चालकसँग सोधपुछ

एपेक्स विद्या मन्दिरका शिक्षकले मरनासन्न हुनेगरी कुटे विद्यार्थी

रोकिएन हात्तीको विध्वंश

लहानका अधिकांश पसल बिनादर्ता सञ्चालन

सार्वजनिक जग्गा अतिक्रमण गरे पाँच लाखसम्म जरिवाना

प्रतिक्रिया