१२ वर्षपछि इन्टर मिलान युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

काठमाडौँ- इटालियन क्लब इन्टर मिलान १२ वर्षपछि युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
सन् २०११ मा जर्मन क्लब साल्केसँग समग्रमा ७–३ ले पराजित हुँदै क्वार्टरफाइनलबाट बाहिरिएको इन्टर मिलान १२ वर्षपछि क्वाटर फाइनलमा प्रवेश गरेको हो ।
१२ वर्षपछि क्वार्टरफाइनल प्रवेश गर्ने क्रममा इन्टर मिलानले प्रि–क्वार्टरफाइनलमा पोर्चुगिज क्लब एफसी पोर्टोलाई दोस्रो लेगमा गोलरहित बराबरी तथा समग्रमा १–० को जित निकाल्न सफल भयो ।
सान सिरोमा भएको पहिलो लेगमा निकालेको १–० को जित नै इन्टरलाई अन्तिम आठमा पुग्न पर्याप्त बन्यो ।
इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा रहेको नेपोली च्याम्पियन्स लिगको क्वार्टरफाइनल पुग्ने तेस्रो टोली बन्न सक्ने सम्भावना कायमै छ भने यसअघि नै बेन्फिका, चेल्सी, बायर्न म्युनिख, एसी मिलान र म्यानचेस्टर सिटी क्वार्टरफाइनलम पुगिसकेका छन् ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया