भाडा माग्दा धाकधम्की दिने २६ व्यवसायीहरूलाई वडा कार्यालयमा उपस्थित हुन निर्देशन

काठमाडौँ- महानगरपालिका वडा नम्बर २६ ले गोंगबु क्षेत्रका २६ जना व्यवसायीहरूलाई वडा कार्यालयमा उपस्थित हुन निर्देशन दिएको हो । महानगरले गोंगबुस्थित गल्फ रियल स्टेट प्रालिका नाममा दर्ता कायम रहेका ९ कित्ता जग्गामा नक्सापासबिनै निर्माण भएका घर टहरामा व्यवसाय गर्दै आएका २६ जना व्यवसायीहरूलाई १५ दिनभित्र वडा कार्यालयमा उपस्थित हुन निर्देशन दिएको हो ।
व्यवसायीहरूले भाडा रकमसमेत नतिरेको पाइएको वडा कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ।
२ वर्षदेखि भाडा रकम नतिरेको, जबरजस्ती ठाउँ ओगटेको र भाडा माग गर्दा धाकधम्की दिएको तथा नेपालको संविधानप्रदत्त सम्पत्तिसम्बन्धी हक उपभोग गर्नबाट जग्गाधनी बञ्चित हुन पुगेकोले वडा कार्यालयले व्यवसायीलाई वडामै उपस्थित हुन आग्रह गरिएको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा वृद्धा पक्राउ

पोल्याण्ड र बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

लमजुङको गुरुङ बस्तीमा घाटु रौनक

‘रोल्पा: टुरिजम् फर पिस’ फोटो प्रदर्शनी हुँदै

खड्गी समाज द्वारा नायः खिं बाजा बोल पुस्तक सार्वजनिक

दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

चितुवाको आक्रमणबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्ति

प्रतिक्रिया