मकवानपुरमा टिपर पल्टिँदा चालकको मृत्यु

मकवानपुर - आफैंले चलाएको टिपर पल्टिँदा मकवानपुरमा एक जनाको मृत्यु भएको छ । मकवानपुर जिल्लाको बकैया गाउँपालिका वडा नम्बर–१२ खोरभञ्ज्याङ् भन्ने स्थानको भित्र कच्ची सडक खण्डमा शिवम सिमेन्ट उद्योगको ढुङ्गा खानिमा ढुङ्गा लोड गर्न जाँदै गरेको टिपर आफै अनियन्त्रीत भइ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।
ना ८ ख ५३३५ नम्बरको टिपर आफै अनियन्त्रित भई सडकबाट नौ सय मिटर तल जङ्गलको खोल्सामा खसि दुर्घटना हुँदा मकवानपुरगढी गाउँपालिका वडा नम्बर–२ अदुवाखर्क बस्ने २८ वर्षीय चन्द्र योन्जनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक टेकबहादुर कार्कीले बताए ।
टिपरमा चालक मात्र रहेको भन्ने बुझिएको प्रहरीले जनाएको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया