सबै बैंकले ब्याजदर घटाउँदा स्ट्याण्डर्ड चार्टर्डले घटाएन्

काठमाडौँ- नेपालका सबै बैंकहरूले ब्याजदर घटाउँदा स्ट्याण्डर्ड चार्टर्ड बैंकले भने ब्याजदर घटाउन आनाकानी गरेको छ ।
सो बैंकले फागुन महिनामै कायम ब्याजदरलाई निरन्तरता दिँदै चैत्र १ गतेदेखि लागू हुनेगरी सूचना सार्वजनिक गरेको छ ।
वाणिज्य बैंकहरूको छाता सङ्गठन नेपाल बैंकर्स संघले चैतमा निक्षेपमा शून्य दशमलव चार प्रतिशत र कर्जामा एक प्रतिशत प्रिमियम दर घटाउने निर्णय गरेको थियो । अन्य वाणिज्य बैंकहरूले सोहि अनुरुपमा नयाँ ब्याजदर सार्वजनिक गरेपनि स्ट्यान्डर्ड चार्टर्ड बैंकले भने पुरानै ब्याजदरलाई निरन्तरता दिएको हो ।
बैंकले प्रकाशन गरेको नयाँ ब्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ६.४२ प्रतिशतदेखि अधिकतम ८.१५ प्रतिशतसम्म ब्याज दिनेछ भने मुद्दति निक्षेपको ब्याज न्यूनतम ९ प्रतिशतदेखि अधिकतम १२ प्रतिशतसम्म तोकेर सूचना सार्वजनिक गरेको छ । सो बैंकले रेमिट्यान्स रेमिट्यान्स मुद्दती खातामा १२ प्रतिशत ब्याज प्रदान गर्ने जनाएको छ ।
अन्य बैंकहरूले बचत खाताको न्यूनतम ब्याजदर ६.४२ प्रतिशतबाट घटाएर ६ प्रतिशतमा झारेको भएता पनि स्ट्यान्डर्ड चार्टर्डले भने बचत खातामा न्यूनताम ६.४२ प्रतिशत नै ब्याज नै कायम राखेर सूचना निकालेको छ ।
यसैगरी, सो बैंकले कर्जामा पनि आधारदरमा ५.७५ प्रतिशतसम्म प्रिमियम दर तोकेको छ जबकी तर नेपाल बैंकर्स संघले आधारदरमा अधिकतम पाँच प्रतिशतसम्म प्रिमियम दर तोक्ने निर्णय गरेको थियो ।

ग्लोबल आइएमई बैंकद्वारा विश्व वातावरण दिवसको अवसरमा देश व्यापीरुपमा वृहत् बृक्…

नबिल बैंकको सिइओमा मनोज कुमार ज्ञवाली नियुक्त

ज्योति विकास बैंकद्वारा घर्तिगाउँ रोल्पामा बेबी वार्मर प्रदान

ग्लोबल आइएमई बैंकद्वारा टोखा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा वृक्षारो…

कामना सेवा विकास बैंक एनपिएस–नेसनल कार्ड स्विच तथा नेपाल पे कार्डमा आवद्ध

लक्ष्मी सनराइज बैंक एनपिएस–नेशनल कार्ड स्वीच तथा नेपाल पेमा आवद्ध

एनएमबि बैंकको अगुवाइमा लाप्चे तामाकोशी र चेपे जलविद्युत् आयोजनाको वित्तीय व्…

प्रतिक्रिया