एनएमबि बैंकबाट क्युआर गर्नुहोस्, एक हजार बोनस पाउनुहोस्

काठमाडौँ- विद्युतिय माध्यमद्वारा भुक्तानी प्रोत्साहन गर्ने उदेश्य लिएर एनएमबि बैंकले आफ्नो मर्चेन्टका लागि 'क्युआर मा रु १००० बोनस्' अफर लिएर आएको छ ।
बैंकमा खाता खोलिसकेका मर्चेन्टहरू तथा नयाँ मर्चेन्टहरूले रु १००० भन्दा माथिको क्युआरमार्फत पहिलो भुक्तानी लिदा रु १००० को बोनस जित्ने मौका पाउनेछन् । यो योजना फाल्गुण १५ देखि सुरु भएको छ र सो योजनामा सहभागी हुन मर्चेन्टको एनएमबि बैंकमा करेन्ट अकाउन्ट हुन जरुरी छ ।
एनएमबि बैंक विगत २६ वर्षदेखि अनवरत रुपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट 'क' वर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो । बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको द ब्यान्कर’पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी बैंक अफ दि इयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी बैंक अफ दि इयर नेपाल प्राप्त गरि सकेकको छ ।
एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरू, १३८ एटिएमहरू र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ।

विराटनगर किङ्सद्वारा भी–चित्रलाई आधिकारिक मार्केटिङ एजेन्सीको रूपमा नियुक्त

दराजद्वारा सगरमाथा जत्तिकै उच्च बचत प्रदान गर्ने 'महाबचत बजार' सेलको घोषणा

मंगलम इन्डष्ट्रिजलाई अवसर इक्वीटी डाइभर्सिफाइड फण्डको रणनीतिक लगानी

रिलायन्स र चौधरी ग्रुपको सहकार्यमा नेपालमा क्याम्पा कोला उत्पादन

इनड्राइभले काठमाडौँमा ‘ड्राइभर्स मिट एण्ड ग्रिट‘ आयोजना गर्यो

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्…

बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग

प्रतिक्रिया