सप्तरीमा पाँच कोभिड संक्रमितको मृत्यु

जनकपुरधाम : प्रदेश-२ का मा ४ सय ४१ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ भने सप्तरीमा ५ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालयले बिहीबार साँझ जारी गरेको रिपोर्ट अनुसार धनुषामा सबभन्दा बढी १ सय १७ जना संक्रमित भएका छन् ।
त्यस्तै महोत्तरी ७१, सिरहामा ५०, सप्तरीमा ४३, रौतहटमा ५, सर्लाहीमा १०, बारामा ३१, पर्सामा १११ र अन्य प्रदेशका ३ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमणले गर्दा उपचारको क्रममा प्रदेशका सप्तरी जिल्लामा मात्रै ५ जनाको मृत्यु भएको छ । निर्देशनालयका अनुसार राजविराज नगरपालिका ४५ वर्षीय पुरूष, खड्कपुर नगरपालिका ११ का ३६ वर्षीया महिला, हनुमानगर नगरपालिका २ का ४२ वर्षीय पुरूष, सप्तकोशी नगरपालिका १ का ५० वर्षीय पुरूष र छिन्नमस्ता गाउँपालिका ४ का ४८ वर्षीय पुरूषको उपचारको क्रममा मृत्यु भएको हो ।
निर्देशनालयले जारी गरेको रिपोर्टमा पर्सा, रौतहट र धनुषामा गरि ७ जनाको मृत्यु भएको तथ्यांक समावेश गरिएको छैन । हाल प्रदेशमा ४६०२ सक्रिय संक्रमित मध्ये ४४०९ जना होम आइसोलेशन र १९३ जनाको विभिन्न संस्थागत अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

सशस्त्र प्रहरीद्वारा साढे सात हजार कुखुराका चल्ला बरामद

रौतहटमा विपद्सँग जुध्न विपद् प्रतिकार्य अभ्यास

सप्तरीमा डाका समूहद्वारा लुटपाटसँगै एकको हत्या

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

मधेस प्रदेशमा राष्ट्रिय शिक्षा सम्मेलन हुने

वीरगञ्ज नाका हुँदै भित्रिने चार पाङ्ग्रे सवारीसाधनको आयात घट्यो

हात्तीको आक्रमणबाट विष्टको मृत्यु

प्रतिक्रिया