राज्यको कूल बजेटको कम्तीमा २० प्रतिशत बजेट शिक्षा क्षेत्रमा छुट्याउनुपर्छ : अनेरास्ववियू

काठमाडौँ - नेकपा एकीकृत समाजवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियूले राज्यको कूल बजेटको कम्तीमा २० प्रतिशत बजेट शिक्षा क्षेत्रका लागि व्यवस्था गरिनुपर्ने लगायतका मुद्दा समेटेर स्ववियु निर्वाचन केन्द्रित घोषणा पत्र सार्वजनिक गरेको छ ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अनेरास्ववियूले शिक्षामा व्याप्त निजीकरण र व्यापारीकरणको पूर्ण अन्त्य गरिनुपर्ने, समयसापेक्ष शैक्षिक क्यालेन्डर निर्माण गरी अनिवार्य कार्यान्वयन गरिनुपर्ने, समयमै परीक्षा सञ्चालन र नतिजा प्रकाशन गरिनुपर्ने लगाएका मुद्दासहितको घोषणा पत्र सार्वजनिक गरेको हो । संगठनले विश्वविद्यालयको पाठ्यक्रम, शिक्षण विधि र मूल्यांकन प्रणाली लाई समयानुकूल परिमार्जन गरिनुपर्नेमा जोड दिएको छ ।
परम्परागत शिक्षा प्रणालीलाई रुपान्तरण गर्दै श्रम र उत्पादनसँग जोड्नुपर्ने, शिक्षण पद्धति अनुसन्धान मूलक र वैज्ञानिक बनाइनुपर्ने अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले बताए । विद्यार्थीलाई रासन कार्डको व्यवस्था गरी दैनिक उपभोग्य वस्तुमा, स्वास्थ्य, मनोरन्जन र यातायातमा कम्तीमा ५० प्रतिशत सहुलियत उपलब्ध गराइनुपर्ने आफुहरुको मुद्दा रहेको उनले जानकारी दिए ।
अनेरास्ववियूले स्ववियुलाई आमविद्यार्थीहरुको साझा संस्था बनाइने, विश्वविद्यालय र क्याम्पसमा हुने राजनीतिक भागबन्डाको अन्त्य गरिने प्रतिवद्धता जनाएको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया