वाल्मिकी आश्रम त्रिवेणी धाममा रामायण ज्ञान महायज्ञ हुने

काठमाडौँ- चितवनको माणीस्थित वाल्मिकी आश्रममा रामायण ज्ञान महायज्ञ हुने भएको छ। आश्रमको प्रचारप्रसार र धार्मिक जागरणका लागि चैत ८ देखि १६ गतेसम्म ज्ञान महायज्ञ हुने आयोजकले जनाएको छ ।
धार्मिक पर्यटकीय स्थल वाल्मिकी आश्रमको प्रचारप्रसारको लागि रामायण ज्ञान महायज्ञ सञ्चालन गर्न सर्वपक्षीय भेला भैसकेको विश्व सनातन धर्म पुनर्स्थापना जिल्ला समिति विनयी त्रिवेणीले जनाएको छ ।
विश्व सनातन धर्म पुनर्स्थापना मूल समिति काठमाडौँका अध्यक्ष दीपक रायमाझीले मर्यादा पुरुषोत्तम श्रीराम तथा जगत जननी सीताको धर्ती प्रवेश स्थल रहेको वाल्मीकि आश्रममा भगवान राम पुत्र लव, कुशको जन्मथलो भएर पनि आश्रम ओझेलमा परेकाले रामायण ज्ञान महायज्ञको आयोजना गर्न लागेको जानकरी दिए ।
त्रेता युगमा भगवान रामले जगत जननी सीतालाई त्याग पछि वाल्मीकि आश्रममै जीवन बिताउँदै भगवान राम पुत्र लव, कुशको जन्म र शिक्षादीक्षा प्राप्त गरेको धार्मिक भनाइ रहेको छ ।
हाल यो स्थल ओझेल र राज्यको नजर नपुगेको मानिन्छ । २०५४ साल चैत्रमा राम नवमीको अवसर पारेर सीता मन्दिर शिलान्यास गरी २०५६ साल चैत्र ३० गते धार्मिक विधि अनुसार प्राण प्रतिष्ठा गरिएको थियो ।
राम नवमीमा वार्षिक पूजाआजाको कार्यक्रम हुँदै आएको मूल समितिका कोषाध्यक्ष कमल उपाध्यायले जानकारी दिए ।
उपाध्यक्ष यमराज थानीले वाल्मीकि आश्रमलाई गुरु योजना अनुसार सुरक्षा व्यवस्था गरेको बताए । चैत्र १६ गतेसम्म रामायण ज्ञान महायज्ञ गरिनेसमेत जानकारी दिए । आश्रममा देखा परेको विद्यमान समस्या खानेपानी, शौचालय, बाटोघाटो, विधुत तथा अन्य पुर्वधार तयार पार्न स्थानीय सरकारलाई पनि अनुरोध गरिएको बताए।
विश्व सनातन धर्म पुनर्स्थापना मूल समितिको मुख्य एजेन्डा मध्ये एक आश्रम पुग्न झोलुङ्गे पुलको निर्माण भइसकेकोले अन्य पुर्वधार पूरा नभएको अवस्थामा मूल समिति र जिल्ला उपसमितिको सक्रियता बढ्दै जानुलाई आश्रममा हुने विकास र धार्मिक चेतनाको अभिवृद्धि भएको पाइन थालेको छ।

पोल्याण्ड र बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

लमजुङको गुरुङ बस्तीमा घाटु रौनक

‘रोल्पा: टुरिजम् फर पिस’ फोटो प्रदर्शनी हुँदै

खड्गी समाज द्वारा नायः खिं बाजा बोल पुस्तक सार्वजनिक

दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

चितुवाको आक्रमणबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्ति

नक्कली सुनको मूर्ति देखाई ठगी गर्ने पक्राउ

प्रतिक्रिया