महोत्तरीको बल्वामा आगलागी: एकको मृत्यु, एक घाइते

महोत्तरी - महोत्तरीको वल्वा स्थित परौल टोलमा आगलागी हुँदा एक जनाको मृत्यु र एक जना घाइते भएका छन् । मृत्यु हुनेमा सोही स्थान बस्ने ५० बर्षिय चन्दनदेवी र घाइते हुनेमा ५२ वर्षीय जयकरण यादव रहेको प्रहरीले जनाएको छ ।
स्थानीय रामसागर यादवको घरमा लागेको आगोमा परी घाइते भएका दुवै जनालाई स्थानीय र प्रहरीले तत्काल उद्धार गरि प्रादेशिक अस्पताल जनकपुर पुर्याएका थिए ।
घाइते मध्य चन्दन देवीको उपचारको क्रममा मृत्यु भएको छ भने जयकरण यादवलाइ थप उपचारको लागी काठमाडौं लगिएको छ ।
रामसागर यादवको घरको भान्साबाट एक्कासि लागेको आगलागीबाट उनको झण्डै ८० हजार बराबरको क्षति समेत भएको छ । यादवको भित्र राखेको भाँडाकुँडा र लत्ताकपडा पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया