मिस युनिभर्समा भाग लिन अमेरिका उडिन् अंशिका

काठमाडौं : मिस युनिभर्स नेपाल, २०२० की विजेता अंशिका शर्मा मिस युनिभर्सको ६९ औँ संस्करणमा सहभागी हुन् संयुक्त राज्य अमेरिका पुगेकी छिन् । आउँदो मे १६ मा फ्लोरिडा स्थित सेमिनोल हार्डरक होटेल एण्ड क्यासिनो हलिउडमा हुने प्रतियोगितामा सहभागी हुन् अंशिकासंगै मिस युनिभर्स नेपाल कार्यक्रमकी नेसनल डिरेक्टर नग्मा श्रेष्ठ पनि अमेरिका पुगेकी छिन् ।
विश्वका ७४ देशका सुन्दरीहरु मार्फत छानिने २१ ले पहिलो बन्नको लागि मिस युनिभर्समा प्रतिस्पर्धा गर्नेछन् । त्यसबाट क्रमशः १०, ५ हुँदै विजेता घोषणा हुनेछ ।
विश्व प्रसिद्ध मिस युनिभर्सको फ्रेन्चाइज नेपालमा भित्राएकी नग्माले सन् २०१७ को मिस युनिभर्समा नेपाललाई प्रतिनिधित्व गर्दै पहिलोपटक सहभागिता जनाएकी थिइन् ।
यस्तै उनले यसपटक आफ्नो तयारी पत्रकार सम्मेलन मार्फत कोरोना भाइरसको कारण सिर्जित अवस्थाले गर्दा गर्न नसकेको बताइन । उनले अंशिकाको सहभागिता सम्बन्ध बढी जानकारी सामाजिक सञ्जालबाट गराउने पनि बताइन ।
अंशिका पनि देशलाई प्रतिनिधित्व गर्न पाउँदा उत्साहित छिन् । उनले आफुसंगै आफ्नो टिमले सक्दो तयारी गरेको जनाइन । अंशिकाले प्रतियोगिताको पूर्वतयारीसंँगै राष्ट्रिय पोशाकलाई विभिन्न सञ्चारका माध्यम मार्फत सार्वजनिक गर्ने बताइन । उक्त प्रतियोगितामा सहभागिता जनाइसकेकी नग्माको अनुभवले पनि उनलाई तयारीमा सहयोग गरेको छ ।

गायन सम्राट रामकृष्ण ढकालको आक्रोश: ‘अति भयो, सहनै सकिएन !’

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

प्रतिक्रिया