समानुपातिक सांसदबारे निर्णय गर्दै जसपा

काठमाडौं - जनता समाजवादी पार्टी (जसपा) ले समानुपातिक सांसदबारे निर्णय गर्न आज बैठक बोलाएको छ। आज बस्ने केन्द्रीय कार्यकारिणी समितिको बैठकले यसबारे निर्णय गर्नेछ। बैठक पार्टी कार्यालय, बालकुमारीमा बिहान ११ बजे बस्ने छ।
समानुपातिकतर्फकी जसपा सांसद शहनाज रहमानको हृदयघातवाट अघिल्लो साता निधन भएपछि प्रतिनिधिसभातर्फको एक स्थान रिक्त छ। सोही रिक्त स्थानको पदपुर्तीका लागि निर्णय लिन बैठक बोलाईएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए।
सो निर्णयसँगै पार्टीको तर्फवाट रिक्त रहेको सांसद पदमा निर्वाचित गराउन जसपाले निर्वाचन आयोगलाई पत्राचार गर्दैछ । जसपाको समानुपातिकतर्फको उम्मेदवारमा मुस्लिम क्लस्टरको दोस्रो स्थानमा मञ्जु अन्सारी रहेकी छन्।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया