राष्ट्रिय सभा उपनिर्वाचन : आज उम्मेदवारी दर्ता

हेटौँडा : राष्ट्रिय सभामा बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने एक सदस्यको रिक्त पदका लागि हुने उपनिर्वाचन कार्यक्रमअन्तर्गत आज उम्मेदवारी दर्ता हुँदैछ । राष्ट्रिय सभा सदस्य रामबहादुर थापालाई नेकपा माओवादी केन्द्र पदमुक्त गरेपछि रिक्त रहेको पदमा उपनिर्वाचन हुन लागेको हो ।
बागमती प्रदेशको राजधानी हेटौंडामा हुने निर्वाचन कार्यक्रमअन्तर्गत निर्वाचन अधिकृतको कार्यालयले मतदाताको अन्तिम नामावली प्रकाशन गरिसकेको छ । उम्मेदवारी दर्ता कार्यक्रमको अघिल्लो दिन बिहीबार निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनमा सहभागी हुने राजनीतिक दलका प्रतिनिधिहरुसँग निर्वाचन कार्यक्रमबारे अन्तरक्रिया गरेको थियो । राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी र नेपाल मजदुर किसान पार्टीका प्रतिनिधिको सहभागितामा अन्तरक्रिया भएको हो ।
राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा बागमती प्रदेश सभा सदस्य ११० जना र बागमती प्रदेशका ११८ स्थानीय तहका प्रमुख र उपप्रमुख २ सय २८ जनाले मतदान गर्नेछ्न । प्रदेश सभा सदस्यको १ मत बराबर ४८ मतभार रहेको छ भने नगर प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्षको १ मत बराबर १८ मतभार रहेको छ । बागमती प्रदेशको ११० मतसंख्या बराबर ५२८० मतभार र स्थानीय तहको प्रमुख, उपप्रमुख २३८ मतसंख्याको ४२८४ मतभार रहेको छ । प्रदेशमा ३ सय ४८ जनाले मतदान गर्नेछन् जसको मतभार ९ हजार ५ सय ६४ रहनेछ ।
मतदान कार्यक्रम आगामी जेठ ६ गते हेटौंडास्थित भुटनदेवी माविमा हुनेछ । भुटनदेवी मावि परिसरमा २ मतदान केन्द्र तोकिएको छ । प्रदेश सभा सदस्यको लागि मतदान केन्द्र क र नगर प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्षको लागि मतदान केन्द्र ख रहने गरी आयोगले तोकेको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया